Skip to content
LAXMI SUNRISE BANK

जनता र माछापुछ्रेलाई च्यालेन्ज गर्दै कुमारी बैंकले ल्यायो १३ प्रतिशत ब्याज दिने स्किम, अरु बैंकले झन् बढाउँदै !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल बैंकर्स संघले व्यक्तिगत तर्फको मुद्दती निक्षेपमा भद्र सहमति हटाउने निर्णयसँगै बजारमा ब्याजदर बढाउने प्रतिष्पर्धा चलेको छ । यसैबीच बुधबारमात्र जनता बैंकले मुद्दती निक्षेपमा अहिले सम्मकै सर्बाधिक ब्याज भन्दै १२ प्रतिशत दिने स्किम ल्याउँदा माछापुछ्रे बैंकले १२.५ प्रतिशत ब्याजको स्किम ल्याएकोमा आज कुमारी बैंकले १३ प्रतिशतको स्किम ल्याएको छ । आज विभिन्न पत्र पत्रिकामा बिज्ञापन प्रकाशन गरेर कुमारीले १३ प्रतिशत ब्याजको स्किम ल्याएको हो । यसो त कुमारी बैंकले न्युनतम १० हजार रुपैयाँ राखे पनि तीन बर्षसम्म १३ प्रतिशत ब्याज दिने बिज्ञापन राखेपछि बैंक कतिसम्म ध्वस्त भइसकेछ भनेर अनुमान गर्न गाह्रो नहुने विश्लेषण भइरहेको छ ।
यस्तो त यो प्रतिष्पर्धा झन् चर्कने निश्चित छ । अर्थ सरोकार डटकमले प्राप्त गरेको सूचना अनुसार भोलि थप एक बैंकले १३.५ प्रतिशत ब्याज दिने स्किम ल्याउँदैछ । ‘१३.५ दिने कि १४ दिने भन्ने सल्लाह हुँदैछ ।’ एक बैंकका अधिकारीले अर्थ सरोकारसँग भने, ‘बजारमा ब्याजदर १५ प्रतिशत सजिलै पुग्ने देखियो ।’ 

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK