Skip to content
LAXMI SUNRISE BANK

सान्जेन जलविद्युतको पुस २० मा एजिएम, सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि आइपिओ ल्याउँदै

अर्थ सरोकार

एजिएम नोटिस :
कम्पनी : सान्जेन जलविद्युत कम्पनी
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २० गते
विवरण : 
सान्जेन जलविद्युत कम्पनीको साधारण सभा पुस २० गते हुने भएको छ । सान्जेनले सर्वसाधारण तथा स्थानीय बासिन्दाका लागि गरी कुल ९१ लाख २५ हजार कित्ता आइपीओ पनि ल्याउँदैछ ।
कम्पनीले सर्वसाधारणमा ५४ लाख ७५ हजार कित्ता र आयोजना प्रभावित रसुवा जिल्लका बासिन्दाका लागि ३६ लाख ५० हजार कित्ता आइपीओ खुला गर्ने तयारी गरेको हो । यसमा सनराइज क्यापिटल र एनएमबि क्यापिटलले सह–निष्कासन तथा बिक्री प्रबन्धकको काम गर्नेछन् । प्रमुख निष्कासन तथा बिक्री प्रबन्धकको काम भने नागरिक लगानी कोषले गर्नेछ ।
पेस गर्ने प्रस्तावहरु :
आर्थिक वर्ष २०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने।
प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने।
 आर्थिक वर्ष २०७५ असार मसान्त सम्मको नाफा नोक्सान सम्बन्धमा पनि छलफल गरिने ।
एजिएम हुने स्थान र समय :
स्मार्ट क्याफे धुम्बाराही काठमाडौंमा बिहान ११ बजे ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK