×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लिवर्टी इनर्जी कम्पनीले साढे ३७ करोडको आईपिओ आउँदै, बिक्रि प्रबन्धकमा एनआईबिएल एस क्यापिटल !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- लिवर्टी इनर्जी कम्पनीले ३७ करोड ५० लाख बराबरको ३७ लाख ५० हजार कित्ता शेयर निष्काशनको आईपिओ निष्काशन गर्ने भएको छ । १५ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानिय बासिन्दाहरुलाई र बाँकि २२ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणहरुमा जारी छुट्याएर कम्पनीले आइपीओ निष्कासन गर्न लागेको हो ।
कम्पनीले लमजुङमा २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी “ए” जलविद्युत आयोजना निर्माण गरिरहेको छ । कम्पनीले शेयर निष्काशनको लागि एनआईविएल एस क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ । उक्त सम्झौतामा प्रवद्र्धक कम्पनीको तर्फबाट प्रबन्ध संचालक डा. आत्माराम घिमिरे तथा एनआईबिएल एस क्यापिटलको तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् । आईपिओ निष्काशन तथा बाँडफांड पश्चात कम्पनीको चुक्ता पूँजी १ अर्व ५० करोड हुनेछ । 
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको अगुवाईमा ९ वटा बैंक तथा वित्तिय संस्थाहरुको ऋण लगानी रहेको उक्त आयोजनाको कार्य हालसम्म करीब ८५% सम्पन्न भई सकेको छ साथै आगामी चैत्र मसान्त सम्म निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: