
काठमाडौँ – जग्गासम्बन्धि नयाँ कानुन आउने भएको छ । खेती र पशुपालन गर्ने जमिन बाँझो राखेमा ३ लाख रुपैयासम्म जरिवाना गर्ने प्राबधान सहितको नयाँ कानुन आउने भएको हो । यो कानुन संसदबाट पास भएपछि कसैले आफ्नो नाममा रहेको जमिन बाझो राख्न नपाउने भएका छन् । मन्त्रिपरिषदबाट समेत पारित भइसकेको सो विधेयक संसदमा पेश हुँदैछ ।
नयाँ कानुनको मस्यौदा अनुसार जमिन बाँझो राख्ने वा जमिनको वर्गीकरण विपरीत उपयोग गर्ने व्यक्तिलाई कारवाही गर्ने स्थानीय तहका अधिकारीलाई अदालतलाई भएसरहको अधिकार रहने व्यवस्था गरिएको छ । यसो गर्दा पक्ष झिकाउने, वयान लिने, प्रमाण बुझ्ने, कागजपत्र दाखिला गराउने लगायतका अदालती अधिकार दिइएको छ । यदि आफूमाथिको सजाय चित्त नबुझेमा कसूरदार व्यक्ति सम्बन्धित जिल्ला अदालतमा पुनरावेदनका लागि जान सक्ने व्यवस्था गरिएको छ ।
यस्तै यो ऐन बनिसकेपछि आवासीय प्रयोजनको लागि वर्गीकरण गरिएको क्षेत्र बाहेकका अन्य क्षेत्रमा कुनै पनि प्रयोजनले व्यावसायिकरुपमा घडेरी विकसित गर्न वा त्यसको बिक्री वितरण नपाइने भएको छ । यो ऐन पारित भएपछि अब नेपालभर १० प्रकारका जग्गा जमिन हुनेछन् ।
१. कृषि क्षेत्र
२. आवासीय क्षेत्र
३. व्यवसायिक क्षेत्र
४. औद्योगिक क्षेत्र
५. खानी तथा खनिज क्षेत्र
६. वन क्षेत्र
७. नदी, खोला, ताल क्षेत्र
८. सार्वजनिक उपयोगको क्षेत्र
९. सांस्कृतिक तथा पुरातात्विक महत्वको क्षेत्र
१०. नेपाल सरकारले तोकेका अन्य क्षेत्र
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्