×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जोशी हाइड्रोपावरको १६ लाख ९० हजार ४७० कित्ता आइपिओ खुला, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : जोशी हाइड्रोपावर
खुला भएको मिति : आज (मंसिर १६ गते, आइतबार)
भर्ने अन्तिम मिति : मंसिर १९ गते
कित्ता : १६ लाख ९० हजार ४७० कित्ता (५० हजार ७१४ कित्ता (३%) कर्मचारी, ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्ड र १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणलाई)
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ८ लाख कित्ता

विवरण : 


जोशी हाइड्रोपावरको १६ लाख ९० हजार ४७० कित्ता आइपिओ मङ्सिर १६ गतेदेखि खुल्ला हुने भएको छ । कम्पनीले ५० हजार ७१४ कित्ता (३%) कर्मचारी र ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । 
कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो । यसमा मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म भर्न पाउने व्यवस्था छ ।

आवेदन दिन सकिने शाखाहरु :


सिद्धार्थ क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: