Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंकको नयाँ शाखा कास्कीको घान्द्रुकमा, गुरुङ्ग र खड्काले गरे उद्घाटन

अर्थ सरोकार

काठमाडौँ – ज्योति विकास बैंक लि. ले कास्की जिल्लाको घान्द्रुकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । अन्नपूर्ण गाउँपालिका वडा नं १०, घान्द्रुकमा रहेको नयाँ शाखा औपचारिक रुपमा प्रमुख अथिति अन्नपूर्ण गाउँपालिका वडा नं १० का अध्यक्ष कुमार गुरुङ्ग तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काद्वारा एक कार्यक्रमका बिच मंसिर २४ गतेका दिन संयुक्त रुपमा उद्घाटन गरे ।
हाल बैंकले ८१ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ भने यसै आर्थिक वर्ष भित्र थप ९ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM सञ्चालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १८.८० अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK