Skip to content
LAXMI SUNRISE BANK

ज्योति विकास बैंक र सिद्धार्थ बिजनेस गुरुपबीच सम्झौता, बैंकका कार्डबाहक ग्राहकलाई छुटै छुट

अर्थ सरोकार

काठमाडौँ – ज्योति विकास बैंक लि. र सिद्धार्थ बिजनेस गुरुप अफ हस्पिट्यालिटी प्रा. लि. बीच सहकार्य सम्झौता भएको छ । बैंकले आफ्ना सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई त्यस संस्थाको देशभरि रहेका हरेक होटेल तथा रेस्टुरेन्टका शाखा संजालहरुबाट विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुटको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । 
त्यस संस्था अन्तर्गत होटेल कैलाली सिद्धार्थ प्रा. लि., टिकापुर, कैलाली, पिस सिद्घार्थ कटेज रेस्टुरेन्ट प्रा. लि. र भिऊ होटेल सिद्धार्थ प्रा. लि., नेपालगन्ज, सिद्धार्थ रिसोर्ट प्रा. लि., चिसापानी, कैलाली, सिद्धार्थ रिभर साइड रिसोर्ट प्रा. लि., चुम्लिङ्गटार, चितवन, सिद्धार्थ कटेज रेस्टुरेन्ट, बुटवल, होटेल सिद्धार्थ, सुन्धारा, काठमाण्डौं, सिद्धार्थ कटेज रेस्टुरेन्ट एण्ड बार प्रा. लि., तिनकुने, काठमाण्डौं आदि गरि हाल १८ वटा होटेल तथा रेस्टुरेन्टहरु सञ्चालनमा छन् । 
सो सम्झौतामा यस बैंकका तर्फबाट बैंकका नायव महाप्रबन्धक शुशिल कुमार शर्मा र त्यस संस्थाका तर्फबाट कर्पोरेट प्रबन्धक सुरज प्याकुरेल ज्यू ले हस्ताक्षर गर्नुभयो । यस बैंकका ग्राहकहरुले बैंकको ATM Card देखाई र बैंकका कर्मचारीहरुले बैंकको Identity Card देखाइ यो सुविधाको लाभ लिन सक्नेछन् । 
हाल बैंकले ८३ वटा शाखा कार्यालय तथा २२ वटा ATM मार्फत सेवा उपलव्ध गराउँदै आईरहेकोछ भने यसै आर्थिक वर्ष भित्र थप ७ वटा नयाँ शाखा तथा थप २७ स्थानमा ATM संचालनमा ल्याउने प्रक्रियामा रहेको छ । हालसम्म बैंकले १ लाख ५२ हजारभन्दा बढि खाताबाट रु. २३ अर्बभन्दा बढि निक्षेप संकलन गरी १० हजारभन्दा बढि ऋणी मार्फत रु. १९ अर्वभन्दा बढि लगानी गर्न सफल भएको छ । बैंकको हालको चुक्तापूँजी रु.२ अर्व ५९ करोड कायम रहेको छ । यस बैकले हाम्रो बिकाश बैकलाइ प्राप्ति गरी एकिकृत कारोबार चाँडैनै सुरुवात गर्ने तयारीमा रहेको छ र तत्पश्चात बैंकको चुक्ता पूँजी रु ३ अरब १० करोड पुग्नेछ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK