Skip to content
LAXMI SUNRISE BANK

कैलाश विकास बैंकको नयाँ शाखा रुपन्देहीको सैनामैनामा, कुल शाखा ७७ पुग्यो

अर्थ सरोकार

काठमाडौं – कैलाश विकास बैंकले रुपन्देही जिल्लाको सैनामैनामा ७७ औँ शाखा सुरु गरेको छ । सैनामैना नगरपालिका वडा नं. ६, रामापुरमा आजदेखि कारोवार शुभारम्भ गरेका छ । उक्त शाखाको शुभारम्भ सैनामैना नगरपालिकाका नगरप्रमुख चित्र बहादुर कार्कीले गरेका छन् ।
राष्ट्रिय स्तरको यस विकास बैंकको चुक्तापूँजी रु.२ अर्व ५२ करोड रहेको छ । यस संस्थाले हाल सम्म रु.२४ अर्व ५२ करोड निक्षेप संकलन गरी रु.२२ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको जनाएको छ । नयाँ शाखा सहित बैंकका ७९ शाखा संचालनमा छन् भने एटिएम संख्या ३२ पुगेका छन् ।
बैंकले अत्याधुनिक प्रविधिको उपयोग गर्दै समस्त आधारभूत बैंकिङ्ग सेवाको अलावा मोबाएल बैंकिङ्ग, एसएमएस बैंकिङ्ग, ईन्टरनेट बैंकिङ्ग सेवा, भिसा डेबिट काडर्, शेयर लगानीकर्ताहरुको लागि सी–आस्वा सेवा, सुविधा भुक्तानी, रेमिटान्स सेवा लगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK