
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- एक दिन पनि ब्रोकरले साथ नदिएपछि सेयर लगानीकर्ता दबाब समूहले कारोबार बन्द आह्वान फिर्ता लिएको छ । सरकार दमनमा उत्रिएकाले लगानीकर्ताको हितमा कारोबार बन्द फिर्ता पूँजी बजार सुधार, बिस्तार र आम लगानीकर्ताहरुको लगानी सुरक्षाको माग गर्दै थालेको आन्दोलनको क्रममा स्वतः स्फुर्त रुपमा शेयर कारोबार बन्द र आमरण अनशन सोमबारदेखि शुरु भएकोमा सरकारले दमनकारी नीति लिएकाले आम लगानीकर्ताको हितलाई ध्यानमा राखी संभावित अप्रिय घटना हुनबाट रोक्न स्वतः स्फुर्त रुपमा कारोबार बन्दको कार्यक्रम मंगलबार बिहानदेखि फिर्ता लिईएको समूहले जनाएको छ ।
समूहद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘सोमबारदेखि शुरु भएको आमरण अनशनलाई बिथोल्न सरकारले दमनकारी नीति र षडयन्त्र शुरु गरेकाले त्यसको प्रतिबादमा शान्तिपूर्ण रुपमा ऐक्यबद्ध रहिरहन हामी सम्पूर्ण लगानीकर्ता साथीहरुमा हार्दिक अनुरोध गर्दछौ । हाम्रा साथीहरु हरि ढकाल र तिलक कोइरालाको आमरण अनशन जारी छ । उहाँहरुको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । हाम्रो आमरण अनशन शेयरको मूल्य घटाउनर बढाउँन नभएको प्रष्ट पार्दछौ । सरकारले चलाएको गलत हल्लामा नलाग्न सम्पूर्णमा आब्हान गर्दछौ । ‘
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्