लाष्ट रिमाइन्डर :
कम्पनी : किसान माइक्रोफाइनान्स वित्तीय संस्था
लाभांश : ३०.५३% (२९% बोनस र १.५३% नगद)
बुक क्लोज : मंसिर २८, शुक्रबार
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (मंसिर २७, बिहिबार)
विशेष साधारण सभा : पुस ८ गते
विवरण :
किसान माइक्रोफाइनान्सको ३०.५३% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर २८ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ । कम्पनीले गत आर्थिक वर्षको कमाईबाट २९% बोनस र १.५३% नगद गरी कुल ३०.५३% लाभांश दिने प्रस्ताव साधारण सभामा पेश गर्न लागेको हो । यता, किसानले मंसिर २ गतेदेखि २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता (५०%) हकप्रद सेयर बिक्री गरिरहेको छ ।
सिभिल क्यापिटल सुन्धारा काठमाडौं तथा किसानको केन्द्रीय कार्यालय बलिया कैलाली र यसका सम्पूर्ण शाखाबाट आवेदन दिन सक्नेछन् । यसैगरी, सिभिल बैंकको विराटनगर, पोखरा, नेपालगञ्ज, वीरगञ्ज, नारायणघाट र बुटवल शाखाबाट पनि भर्न सकिनेछ । सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न पाइनेछ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ करोड ६४ लाख २ हजार रुपैयाँ
हकप्रदपछि चुक्ता पुँजी : १० करोड ४ लाख २७ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ८५ लाख ४८ हजार रुपैयाँ
प्रतिसेयर आम्दानी १७ रुपैयाँ ७९ पैसा
प्रतिसेयर नेटवर्थ २०६ रुपैयाँ ७० पैसा
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्