×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

२९% बोनस सेयरमा मूल्य समायोजनपछि किसान माइक्रोफाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

२९% बोनस सेयरमा मूल्य समायोजनपछि किसान माइक्रोफाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

१ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : किसान माइक्रोफाइनान्स वित्तीय संस्था लि.
मूल्य समायोजन सेयर : २९% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ९६३ रुपैयाँ ७१ पैसा
औसत आधार मूल्य : प्रति कित्ता  १२४१ रुपैयाँ २७ पैसा
विशेष साधारण सभा : पुस ७ गते
विवरण :
किसान माइक्रोफाइनान्सको २९% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ९६३ रुपैयाँ ७१ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १२४१ रुपैयाँ २७ पैसा छ ।
किसानको पुस ७ गते वार्षिक साधारण सभा गर्न शनिबार (मंसिर २९ गते) बुक क्लोज गरेको हो । सभामा २९% बोनस र १.५३% नगद गरी कुल ३०.५३% लाभांश दिने प्रस्ताव पेश गर्न लागेको छ । बुक क्लोज हुनुभन्दा अघि कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

यता, किसानले मंसिर २ गतेदेखि २ः१ अनुपातमा २ लाख ४० हजार २५० कित्ता (५०%) हकप्रद सेयर बिक्री गरिरहेको छ । यसमा पुस ८ गतेसम्म आवेदन दिन सकिनेछ । कात्तिक १२ गतेसम्म कायम सेयरधनीले मात्र यो हकप्रद दाबी गर्न सक्नेछन् ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७ करोड ६४ लाख २ हजार रुपैयाँ
 चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : ८५ लाख ४८ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १७ रुपैयाँ ७९ पैसा 
प्रतिसेयर नेटवर्थ : २०६ रुपैयाँ ७० पैसा
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी