×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आफ्नै वरिपरिकाहरुबाट बदनाम हुँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली, दलाली गर्न कम्पनी नै खडा ! (कागजातसहित)

PRIME CA
GLOBAL IME BANK

आफ्नै वरिपरिकाहरुबाट बदनाम हुँदैछन् प्रधानमन्त्री केपी शर्मा ओली, दलाली गर्न कम्पनी नै खडा ! (कागजातसहित)

९ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अमृत बजार साप्ताहिकबाट 
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीका बेला बेलाका बोली वचनले विवादमा पर्छन् । उनलाई विवादमा पार्ने र बदनाम गराउन उनकै वरिपरिका व्यक्तिहरुको पनि चानचुन हात भने छैन । प्रधानमन्त्री निवास बालुवाटारमै डेरा जमाएर बस्न खोज्ने र केही हदसम्म सफलता पनि पाएका व्यक्ति हुन् –पुष्पबहादुर बरुवाल । प्रधानमन्त्री केपी ओलीका सालीका छोरा तथा स्वकीय सचिव राजेश बज्राचार्यलाई भक्तपुरतिर एउटा ससानो घर नै किनिदिएका गोविन्दप्रसाद थपलियासँगै हिमचिम बढाएका पुष्पबहादुर बरुवालको चकचकीले यतिबेला प्रधानमन्त्रीनिवास बालुवाटारमा अनेक टिकाटिप्पणी भइरहेका छन् ।
राजेश बज्राचार्य, गोविन्द र पुष्पको समूहले हेभन्ली कन्सल्ट प्रा.ली. नामक एक दलाली गर्ने कम्पनी खोलेका छन् । जुन कम्पनीको ‘हिडन् पार्टनर’ प्रधानमन्त्री केपी शर्मा ओली पनि हुन् भन्दै लप्पनछप्पन गर्दैै आएको विश्वस्त स्रोतले जानकारी दिएको छ । कम्पनीको उद्देश्यमै स्वदेशी तथा विदेशी कम्पनी, संघ, संस्था, बहुराष्ट्रिय कम्पनीहरुको एजेन्ट भइ काम गर्ने भन्ने उल्लेख छ । अर्थात यो कम्पनीले घोषित रुपमै आफूहरु विदेशीको एजेन्ट भएर काम गर्ने उल्लेख गरेको छ । यस्तो प्रकृतिको कम्पनी खोल्नेहरुको वास्तविक धन्दाचाहिँ दलाली गर्ने नै हुने गरेको छ । एक करोड अधिकृत पूँजी राखेर खडा भएको कम्पनीको जारी पुँजी भने २५ लाख रुपैयाँ छ । कम्पनीमा बज्राचार्य, थपलिया र बरुवालको समान ८ हजार २ सय ५० कित्ता सेयर रहने उल्लेख छ । 
यो समूहका सदस्य राजेश बज्राचार्य आफ्नै कामले बढी व्यस्त हुने गरेका छन् । प्रधानमन्त्रीका स्वकीयलाई नै कम्पनीको सदस्य बनाएपछि त्यसको लाभ गोविन्दप्रसाद थपलिया र पुष्पबहादुर बरुवालले लिइरहेका छन् । 
गोविन्दबहादुर थपलिया भने नेपाल प्रहरीका भगौडा हुन् । प्रहरीबाट भागेका उनले पछि शक्ति लगाएर पुन प्रहरीमा प्रवेश गरेर पेन्सन पकाए । उनी मलेसियाको श्रमसँग जोडिएको भिएलएन प्रकरणका अभियुक्त पनि हुन् उनी । पुष्पबहादुरलाई प्रचण्डको प्रतिनिधि र गोविन्दबहादुरलाई केपी ओलीका प्रतिनिधि बताएर आफू ओली र प्रचण्डको व्यापारिक पार्टनर भएको दावी गर्दै हिँड्ने गरेका छन् ।
विभिन्न सेयरका लगतहरु देखाउँदै हिँड्ने र प्रधानमन्त्रीलाई भक्तपुरमा एउटा अपार्टमेन्ट पनि किनिदिएको छ भन्ने चरित्रका व्यक्तिहरु गोविन्दप्रसाद र गोविन्दबहादुर रहेको स्रोतको दावी छ । कुनै समय केपी ओलीको पिए र विश्वासपात्र रहेका बरुवालले दायाँबायाँ गर्न थालेपछि उनलाई ओलीले जिम्मेवारीबाट मुक्त गरे । ओलीको किकआउटमा परेपछि उनी अहिले प्रचण्डसँग निकट हुन थालेको चर्चा छ । शहीद रामनाथ कलेजका संस्थापकसमेत रहेका बरुवालका सहोदर भाई माओवादी द्वन्द्वकालमा झापा कमाण्डर रहेका थिए ।
उनका भाईले धेरै धनराशी रहेको बैंक लुटेका थिए । त्यसरी लुटिएको पैसा दाईभाई मिलेर अमेरिका पठाएका थिए । अमेरिकाबाट लुटको धन सेतो बनाएर नेपाल ल्याइसकिएको छ । अहिले त्यो पैसा आन्टा ब्रान्ड स्थापनमा लगानी गरियो । आन्टा ब्रान्डका समान पाउने पसल अहिले दरबारमार्गमा रहेको छ । आन्टाका सामानहरु काठमाडौंमा उत्पादन हुने गर्छ । तर कम्पनी घाटामा रहेको जानकार स्रोतले बतायो । आन्टाको कुरा धन सेतो बनाउनका लागि देखाउने दाँत मात्रै भएको बताइन्छ । 
केही समयदेखि बरुवाल ताप्लेजुङमा रहेको पाथीभरा क्षेत्र विकास समितिको अध्यक्ष पनि हुन् । प्रचण्डलाई ब्यालेन्स गर्न आफूलाई केपी ओलीले नै खटाएको फूर्ति लगाउँदै हिँडने गरेका छन् । उनलाई प्रधानमन्त्रीसँग व्यापारिक लगायत अन्य किसिमका सल्लाह गर्न चौबीसै घण्टा र सातै दिन बालुवाटारमा प्रवेश खुला रहेको छ । 
त्यो सुविधाको उनले दूरुपयोग गर्दै आएको बताइन्छ । 
केपी ओलीका सालीका छोरा राजेश बज्राचार्यले ओलीलाई ठूलोबा भनेर सम्बोधन गर्छन् । व्यापारीहरुसँग विभिन्न किसिमका कुराकानी उपहार लिनका लागि माहिर छन् । हालै उनले उपहारकै बलमा प्राप्त गरेका तीन वटा गाडी त प्रधानमन्त्री कार्यालयमै पार्क गने गर्छन् । गाडीहरु बा १७ च २९१४ नम्बरको महिन्द्राको जीप, बा १७ च ७६१९ को कियाको नयाँ गाडी र बा १२ च ५२११ नम्बरको टाटाको गाडी सबै व्यापारीबाट प्राप्त भएको नम्बर अहिले पनि बज्राचार्यकै अह्रनखटनमा सञ्चालन भइरहेको छ । 
(अमृत बजार साप्ताहिकको २०७५ साल पुष ९ गतेको अंकबाट साभार)
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: