×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

कृषि बीमा व्यवसाय सञ्चालनका लागि बीमा समितिले तोक्यो भूगोल, तपाईंको जिल्लामा कुन कम्पनी पर्यो ? (सूचीसहित)

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – विभिन्न बीमा कम्पनीहरुलाई नियामक संस्था बीमा समितिले कृषि बीमा व्यवसाय सञ्चालनका लागि जिल्ला तोकेको छ । जसमध्ये १७ वटा बीमा कम्पनीले कृषि बीमाको काम अगाडि बढाईसकेका थिए भने बाँकी रहेका ३ वटा कम्पनीलाई पनि समितीले १० वटा जिल्ला तोकेर कृषि बीमाको कार्य अघि बढाउन निर्देशन दिएको छ । 
समितिले अजोड इन्स्योरेन्स कम्पनीलाई गुल्मी, पर्वत, पूर्वी रुकुम र रौतहट जिल्ला तोकेको छ । जनरल इन्स्योरेन्सका लागि रसुवा, सिरहा र पर्सा जिल्ला तोकिएको छ । सानिमा जनरल इन्स्योरेन्स कम्पनीका लागि समितिले कपिलवस्तु, नवलपुर र मोरङ्ग जिल्ला तोकिएको छ । नेपाल इन्सयोरेन्सले दार्चुला, बैतडी, डडेलधुरा र कञ्चनपुर जिल्ला तोकिएको छ । युनाईटेड इन्स्योरेन्सले हुम्ला, बाजुरा र अछाम जिल्लामा कृषि बीमा व्यवसाय गरिरहेको छ भने कालिकोट, दैलेख, सुर्खेत र बर्दियामा एभरेष्ट इन्स्योरेन्स कम्पनीले गरिरहेको छ । मुगु, जाजरकोट र जुम्ला जिल्लामा सगरमाथा इन्स्योरेन्स र एनएलजीले डोल्पा, पश्चिम रुकुम, सल्यान र बाँकेमा कृषि बीमा गरिरहेका छन् । 
त्यस्तै, प्रभु इन्स्योरेन्सले मुस्ताङ, म्याग्दी, बाग्लुङ्ग, स्याङ्गजा जिल्ला र मनाङ्ग, कास्की, पाल्पा र रुपन्देही जिल्लामा सिद्धार्थ इन्स्योरेन्सले व्यवसाय संचालन गरिरहेको छ । यस्तै पु्रडेन्सियल इन्स्योरेन्सले गोरखा, लमजुङ्ग, तनँहु र परासी जिल्लामा कृषि बीमा गर्दै आएको छ भने चितवन, मकवानपुर, धादिङ र नुवाकोटमा शिखर इन्स्योरेन्सले गरिरहेको छ । हिमालयन जनरल इन्स्योरेन्सले सिन्धुपाल्चोक, काभ्रेपलान्चोक, ललितपुर, बारामा सेवा दिइरहेको छ भने दोलखा, रामेछाप, सिन्धुली र सर्लाही जिल्लामा प्रिमियर इन्स्योरेन्स कम्पनीले कृषि बीमा गरिरहेका छन् । आईएमई जनरलले सोलुखुम्बु, ओखलढुङ्गा, महोत्तरी र धनुषामा र लुम्बिनी जनरल इन्स्योरेन्सले संखुवासभा, भोजपुर, खोटाङ र उदयपुर जिल्लामा सेवा दिईरहेको छ । त्यस्तै, ताप्लेजुङ्ग, पाँचथर, इलााम र झापामा नेको इन्स्योरेन्सले आफ्नो सेवा दिइरहेको छ भने दि ओरियण्टल इन्स्योरेन्सले धनकुटा, सुनसरी, तेह्रथुम र सप्तरीमा आफ्नो सेवा दिइरहेको छ । नेशनल इन्स्योरेन्सले रोल्पा, प्युठान, दाङ्ग र अर्घाखाँचीगरि चार जिल्लामा कृषि बीमा गरिरहेको छ । 
पूर्ण सूची तल हेर्नुहोस् :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: