Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकले गर्यो १२.७५% बोनस सेयर दिने घोषणा, अव कति पुग्छ चुक्ता पुँजी ?

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – कुमारी बैंकले १२.७५% बोनस सेयर दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७३/७४को हाल कायम चुक्ता पुँजीको १२.७५% बोनस सेयर दिने निर्णय गरेको हो । 
प्रस्तावित बोनस स्वीकृतिका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी ७ अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रुपैयाँ रहेको छ । उक्त बोनसपछि बैंकको चुक्ता पुँजी ८ अर्ब ७ करोड ६३ लाख ४५ हजार ४६ रुपैयाँ पुग्नेछ । 
यस्तै, कुमारीले ४ वटा संस्थालाई गाभेर एकीकृत कारोबार गरेको मिति २०७४ असार १६ गतेदेखि २ वर्षभित्र गाभिएको अवस्थामा कायम सेयरधनीलाई कर नलाग्ने भएकाले छुट्टै नगद लाभांशको व्यवस्था नगरिएको जनाएको छ । बैंकले तत्कालीन पश्चिमाञ्चल फाइनान्स तथा काँक्रेविहार, महाकाली र काष्ठमण्डप विकास बैंकलाई गाभेको थियो । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK