×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लगानीकर्ताले पुस १ देखि आमरण अनसन थाल्ने, अम्बिका पौडेललाई बिचौलियाको ‘ट्याग’ (बिज्ञप्तिसहित)

PRIME CA

लगानीकर्ताले पुस १ देखि आमरण अनसन थाल्ने, अम्बिका पौडेललाई बिचौलियाको ‘ट्याग’ (बिज्ञप्तिसहित)

२५ मंसिर २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- सेयर लगानीकर्ताहरुको दवाब समूहले यहि पुस १ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएको छ । आज एक बिज्ञप्ति जारी गर्दै समूहले यस्तो चेतावनी दिएको हो । समूहका संयोजक हरि ढकालले एक विज्ञप्ति प्रकाशित गर्दै मंसिर २७ गतेभित्र आफ्ना १४ बुँदे माग पूरा नभए आगामी पुस १ गतेदेखि आमरण अनसन थाल्ने चेतावनी दिएका हुन् । उनीहरुले आइतबारदेखि रिले अनसन थालेका थिए । रिले अनसनको तेश्रो दिन पनि जारि छ । 
यसअघि सरकारले मुद्रा तथा पूँजी बजारका समस्याको पहिचान गर्न भन्दै डेपुटी गभर्नरको संयोजकत्वमा एक उच्चस्तरीय समिति बनाएको थियो । तर उक्त समितिमा सहभागीहरुलाई समूहले ‘बिचौलिया’को ट्याग भिराएको छ । उक्त समितिमा इन्भेष्टर्स फोरमका अम्बिका पौडेललाई सुरुमा सहभागी गराईएको थियो भने नेपाल पूँजीबजार लगानीकर्ता संघलाई पनि प्रतिनिधि पठाउन पत्राचार भएको छ । 
‘केही बिचौलियाहरुलाई सहभागिता गराइएको’ भन्दै विरोध गरेको छ । ‘कथित अध्ययन समितिमा प्रतिनिधित्व गरी आफ्नो स्वार्थ केन्द्रीत कुराहरु राखेको भन्ने जानकारी हुन आएको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘हामीले कसैलाई प्रतिनिधिको रुपमा पठाएको छैनौ र कसैसँग वार्ता गरेका छैनौ । कोही लगानीकर्ताको प्रतिनिधि हुँ भन्दै सो समितिमा बसेर हामीमाथि घात गरिरहेको छ भने उसलाई तत्काल फिर्ता आउन चेतावनी दिन चाहन्छौ ।’ 
हेर्नुहोस् बिज्ञप्तिको पूर्ण पाठ :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: