Skip to content
LAXMI SUNRISE BANK

आँखुखोला जलविद्युत कम्पनीको ८० लाख कित्ता सेयर नेप्सेमा सुचीकृत

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीको ८० लाख कित्ता सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत गरेको छ  । कम्पनीको सेयर सूचीकरणपछि पहिलो कारोबारका लागि नेप्सेले प्रतिकित्ता ६८ रुपैयाँ ९० पैसादेखि २०६ रुपैयाँ ७० पैसासम्म रेन्ज तोकिदिएको छ । आँखुखोलाको सुरुवाती कारोबार सोही रोन्जभित्र रहेर हुनेछ ।
यस्तै, सेयर कारोबारका लागि आँखुखोलाले ‘एकेजेसीएल’ संकेत पाएको छ । यस जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय र सर्वसाधारणलाई बिक्री गरेको आइपीओ अहिले सूचीकृत भएको हो । कम्पनीले असोज २३ देखि २६ गतेसम्म सर्वसाधारणलाई १३ लाख ७६ हजार २० कित्ता आइपीओ बिक्री गरेको थियो । यस अघि पनि आयोजना प्रभावित बासिन्दाका लागि ८ लाख कित्ता आइपीओ बिक्री भएको थियो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK