
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मध्ये भोटेकोशी जलविद्युत कम्पनीले निष्काशन गरेको आईपिओ बुधबार बाँडफांड भएको छ। बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलको संयोजनमा बुधबार दिउँसो ३ बजे धुम्बाराहीको स्मार्ट क्याफेमा शेयर बाँडफांड भएको हो ।
कम्पनीले संचयकर्ताको लागि १ करोड १७ लाख कित्ता शेयर निष्काशन गरेको हो । यसमा कम्तीमा ५० कित्तादेखि ५ सय कित्तासम्मका लागि आवेदन गर्न सक्ने ब्यबस्था थियो । यस समुहमा १ लाख ३९ हजार ७ सय ७८ जना योग्य आवेदक रहेको क्यापिटलले जनाएको छ। जस अनुसार ९० कित्तासम्म आवेदन दिनेले माग अनुसार कै शेयर पाएका छन् । १०० देखि ५०० कित्ताको लागि आवेदन दिनेले पनि ९० कित्ता नै पाएका छन् । तर १०० देखि ५०० कित्तासम्मको लागि आवेदन दिने मध्येबाट गोलाप्रथाद्वारा ४ हजार ५ सय ४३ जनाले थप १० कित्ता शेयर पाएका छन् । यसरी संचयकर्ताले अधिकतम १०० कित्तासम्म शेयर पाएका छन् ।

तपाईंलाई कति पर्यो त मध्येभोटेकोशीको आइपीओ ? नतिजा हेर्न यहाँ क्लिक गर्नुहोस् । नतिजा प्रकाशित हुनेबितिकै कम्पनीको नाम मध्ये भोटेकोशी भनेर देखिन्छ । पहिलो नतिजा अर्थ सरोकारमा प्रकाशित हुनेछ। आइपीओ नतिजाको पेज रिफ्रेश गर्दै रहनुहोला।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्