महालक्ष्मी विकास बैंक लिमिटेडले चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सार्वजनिक गरेको छ । बैकिङ कारोबारलाई सुरक्षित, विश्वसनीय तथा सहज बनाउँदै कार्डबाट हुने कारोबारको जोखिम न्यूनीकरण गर्ने उद्देश्य बमोजिम चिप प्रणालीमा आधारित महालक्ष्मी डलर कार्ड सञ्चालनमा ल्याइएको हो ।
उक्त महालक्ष्मी डलर कार्ड प्रयोग गरी संसारको जुनसुकै ठाउँमा यात्रा गरिरहदा (भारत बाहेक) सहजै आवश्यक विदेशी मुद्रामा रकम झिकी प्रयोग गर्न सक्नेछन् ।
साथै, विदेश भ्रमणका लागि तयारी गरिरहेका ग्राहकहरुले उक्त कार्डको प्रयोग गरी नेपालबाटै केही रकम साथमा बोकी जानुपर्ने र रकम चोरी हुने,आवश्यक मुद्रा सटही कार्यमा ढिलासुस्ती हुने जस्ता समस्याहरु पूर्ण रुपमा छुटकारा पाउन सक्नेछन् ।
बैंकले आगामी दिनहरुमा पनि नवीन उपकरणहरु मार्फत आफ्ना ग्राहकहरुलाई अझ प्रभावकारी बैकिङ्ग सेवा–सुविधा प्रदान गर्ने प्रतिबद्घता जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्