- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मिसन डेभलपमेन्ट बैंकले आफ्नो ९ औँ वार्षिक साधारणसभा पुष २६ गते बिहिबार गर्ने भएको छ । मंसिर २३ गते बसेको बैंकको संचालक समितिको ३०४ औं बैठकले बैंकको ९ औँ बार्षिक साधारण सभा उक्त मितिमा द दरबार लन प्रा.लिको सभाहल तिलोत्तमा योगीकुटी रुपन्दहीमा गर्ने निर्णय गरेको छ ।
उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजी ५१९२८०२०० रु ५१ करोड ९२ लाख ८० हजार २ सयको ११% ले हुन आउने रु.५,७१,२०,८२२ लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।
हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई ११ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :