- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेसलन इन्सुरेन्सको आर्थिक वर्षको २०७५/७६ को प्रथम त्रैमासको वित्तिय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा १ करोड ७० लाख २३ हजार रुपैयाँ कमाएको छ । गत वर्ष यही अवधिमा कम्पनी ६८ करोड १ लाख ७८ हजार रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले खुद बिमा शुल्क २५ करोड १७ लाख रुपैयाँबाट बढाएर २६ करोड ७५ लाख ७१ हजार रुपैयाँ पुर्याएको छ भने पुनर्बिमा १८ हजार रुपैयाँ कमाउन सफल भएको छ । कम्पनीले यस त्रैमासमा कुल बिमा शुल्क २८ करोड ४८ हजार रुपैयाँ आर्जन गरेको छ । यसले कुल १८ करोड ७६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम ६६ करोड ३८ लाख ३९ हजार रुपैयाँ छ ।
नेसनलको जगेडा कोष भने ३८ करोड ५१ लाख ५३ हजार रुपैयाँ ऋणात्मक रहेको छ । बिमा कोषको आकार ८३ करोड २३ लाख रुपैयाँबाट बढाएर ९९ करोड ८३ लाख ३८ हजार रुपैयाँ पुर्याएको छ । नेसनल इन्सुरेन्सले सर्वसाधारणमा सेयर जारी गरेको छैन ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्