×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘नेपाल आइडल’ रवि ओडको ‘आर्थिक जीवन’ : उ बेला पेटभरी खान पुग्दैनथ्यो, अव दु:खका दिन गए…!

PRIME CA

‘नेपाल आइडल’ रवि ओडको ‘आर्थिक जीवन’ : उ बेला पेटभरी खान पुग्दैनथ्यो, अव दु:खका दिन गए…!

६ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- रवि ओड दोस्रो नेपाल आइडल बनेका छन् । अन्तिम दुइमा बिक्रम बराललाई फर्ष्ट रनर अपमा सिमित राख्दै उनले नेपाल आइडल सिजन २ को उपाधि चुमेका हुन् । नेपाल आइडल भएपछि रविले २२ लाख नगद रुपैयाँसहित कार पाएका छन् । कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ साल चैत महिनामा जन्मिएका उनी दुखै दुखमा हुर्किए । 
७ बर्षकै कलिलो उमेरमा आफ्नी आमा गुमाएका रवि कहिले मजदुरी गर्न भारत गए त कहिले पढाइ खर्च जुटाउन म्यादी प्रहरी बने । दुखै दुखले भरिएको जीवन आजबाट एक्कासी परिवर्तन भएको छ । हुन त नेपाल आइडलमा गएदेखि नै उनको दुख कम हुन थालिसकेको थियो । तर पनि आजबाट उनले नयाँ परिचय पाएका छन् ।    
घरमा पुग्नेगरी खान-लाउँन नभएपछी उनी भारतमा मजदुरीका लागि समेत गएका थिए । आर्थिक रुपमा पारिवारिक अवस्था केही कमजोर भएपछि गत निर्वाचनमा पढाइ र घर खर्चका लागि उनी म्यादी प्रहरी बने । तर थोरै समयको यो अन्तरालमा उनको आर्थिक स्थिति फेरिएको छ । अव उनलाई दुइ-चार लाखको खाँचो छैन । सायद अव कहिले पनि हुँदैन । नहोस् पनि ।
पैसाको महत्व बुझेका छन् उनले । त्यसैले फुरमासी खर्च गर्ने बानी छैन रविको । काठमाडौँको एनआइसी एशिया बैंकमा खाता खोलेका छन् रविले । नेपाल आइडलको यात्रामा नै उनले केहि रकम जम्मा पनि गरिसकेका छन् । बुबा अझै पनि भारतमा ‘वाचम्यान’को काम गर्नुहुन्छ । परिवारलाई सम्पन्न बनाउने उनको धोको पूरा हुँदैछ । लाउन- खानका खास सोखिन छैनन् उनी । धेरै पैसा पनि खर्च गर्दैनन् । तर अवको केहि समय त उनले सायद उनले पनि नसोचेको पैसा कमाउने छन् । दिन दुइ गुणा रात चौगुना उनको माग बढिरहेको छ । लाखौँ रुपैयाँ अफर गरेर उनलाई कार्यक्रमको लागि बोलाउनेहरु बढेका छन् ।           
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: