×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रविधिमा फड्को मार्दै एनआइसी एशिया, केही समयपछि मोबाइलबाटै कर्जा दिने तयारी, कारोबार पनि मोबाइलबाटै !

PRIME CA

प्रविधिमा फड्को मार्दै एनआइसी एशिया, केही समयपछि मोबाइलबाटै कर्जा दिने तयारी, कारोबार पनि मोबाइलबाटै !

८ पुष २०७५, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- एनआइसी एशिया बैंकले आफ्नो सेवा ग्राहकको हात-हातमा पुर्याउने भएको छ । बैंकले हाल सञ्चालनमा ल्याएको डिजिटल बैङ्किङलाई अझ परिस्कृत गर्दै हातहातमा बैङ्किङ सेवा पुर्याउने लक्षका साथ मोवाइलबाटै कर्जासम्म दिने गरीको प्रविधि ल्याउन लागेको हो । बैङ्कको कर्जाको काम गर्न बैंकका कुनै साखामा नै जानु नपर्ने गरी प्रविधिको बिकास बैंकले गरिरहेको छ । हाल मोबाइलमार्फत पैसा ट्रान्सफर गर्ने सुविधा भएकोमा अव कर्जा पनि मोबाइलबाट नै दिने तयारी बैंकले गरेको हो । 
यस्तो हुनेछ सुविधा !
ग्राहकले अनलाइनबाट नै कर्जाको फारम भर्नेछन् । त्यसपछि कर्जा लिने प्रक्रिया अगाडी बढ्नेछ । कर्जाको जानकारीसमेत मोबाइलमै आउनेछ । कर्जा अप्रुभ भएपछि पैसाको विवरण मोबाइलमै आउनेछ । यसले विशेषगरी सेयर कर्जा लिनेहरुका लागि फाइदा पुर्याउने देखिएको छ । अन्य खाले कर्जा लिनेहरुका लागि पनि यो सुविधा निकै फाइदाजनक हुने पक्कापक्की छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्कअनुसार २०७५ असारसम्म नेपालमा ५० लाख ८६ हजार जनाले मोबाइल बैङ्किङ सेवा लिएका छन् । बैंकको यो सेवाले ग्राहकहरुलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: