Skip to content
LAXMI SUNRISE BANK

एन आई सी एशिया बैंक २१ औं वार्षिक साधारण सभा सम्पन्न, १०% बोनस सेयरको प्रस्ताव स्वीकृत

अर्थ सरोकार

काठमाडौँ – एन आई सी एशिया बैंक लिमिटेडले बुधबार (पौष ४ गते)का दिन ललितपुर महानगरपालिका वडा नं २, सानेपा स्थित हेरीटेज गार्डेनमा आफ्नो २१ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । उक्त सभाले आ. व. २०७४/०७५ को सञ्चालक समितिको वार्षिक प्रतिबेदन पारित गर्नुको साथै लेखापरिक्षण प्रतिवेदन सहित २०७५ आषाढको वासलात र आ.व. २०७४/७५ को नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु स्वीकृत गरेको छ । साथै सभाले बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. र एन आई सी एशिया क्यापिटल लि. सहितको आ.व. २०७४/७५ को एकिकृत वित्तीय विवरण समेत स्वीकृत गरेको छ । सभाले चालु आ.व. २०७५/७६ को लागि टि आर उपाध्याय एण्ड कम्पनीलाई बाह्य लेखापरिक्षकमा नियुक्त गरिएको छ । 
साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम १०% का दरले रु ८०,३१,११,७००/- (अक्षरेपी रु. असी करोड एकतीस लाख एघार हजार सात सय मात्र) बोनस शेयर वितरण गर्न र सो मा लाग्ने कर प्रयोजनको लागि ०.५२६% अर्थात रु. ४,२२,६९,०३७/-(अक्षरेपी रु. चार करोड बाईस लाख उनान्सत्तरी हजार सड्तीस मात्र) नगद लाभांस वितरण गर्ने निर्णय गरेको छ । उपरोक्त बमोजिमको बोनस शेयर वितरण बाट बैंकको साविक अधिकृत पूँजी रु ८,०४,००,००,०००/- (अक्षरेपी रु. आठ अर्ब चार करोड मात्र) लाई वृद्धि गरि रु. ८,८४,००,००,०००/-(अक्षरेपी रु. आठ अर्ब चौरासी करोड मात्र) बनाउन, साविक तत्काल चुक्ता पूँजी रु. ८,०३,११,१६,९९८/- (अक्षरेपी रु. आठ अर्ब तीन करोड एघार लाख सोह्र हजार नौ सय अन्ठानब्बे मात्र) लाई वृद्धि गरी रु. ८,८३,४२,२८,६९८/- (अक्षरेपी रु. आठ अर्ब त्रीयासी करोड बैयालीस लाख अठ्ठाईस हजार छ सय अन्ठानब्बे मात्र) बनाउन स्वीकृत प्रदान गरेको छ । 
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ । बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब पुगि निजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथा कुल कर्जा करिब रू. १४५ अर्ब सहित निजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK