
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- बैंकको प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्ति गर्दा राष्ट्र बैंकको पूर्वस्वीकृति लिनुपर्ने व्यवस्था आउने भएको छ । बैंकका अध्यक्षले आफु निकटका व्यक्तिलाई सीइओ नियुक्त गर्ने क्रम बढेको भन्दै राष्ट्र बैंकले यस्तो तयारी थालेको हो । अव आउने नियम अनुसार बैंकले सम्भावित सीईओको नाम राष्ट्र बैंक पठाउनुपर्नेछ । राष्ट्र बैंकले नाम तोकेर स्वीकृति दिएपछि मात्र बैंक सञ्चालक समितिले सीईओ नियुक्ति गर्नुपर्नेछ । हाल भारतमा यही व्यवस्था छ ।
‘कतिपय सीइओको योग्यता नै नपुगेको खबर पनि धेरै आउन थाले । त्यसैले योग्यता तथा अनुभवको परिक्षण गरेर मात्र सीइओ नियुक्ति गर्न पनि यो व्यवस्था ल्याउन लागिएको हो ।’ नेपाल राष्ट्र बैंकका एक अधिकारीले अर्थ सरोकारसँग भने, ‘यो व्यवस्थाका सम्बन्धमा राष्ट्र बैंकको नियमन समितिमा छलफल भइसकेको छ । बैंकले सम्भावित ३ जनाको नाम छनोट गरी पठाउने र तीमध्ये उपयुक्तलाई नियुक्तिका लागि राष्ट्र बैंकले सिफारिस गर्ने व्यवस्थाका लागि पनि छलफल भएको छ ।’
प्रमुख कार्यकारी नियुक्तिका लागि व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, लेखाशास्त्र, तथ्यांकशास्त्र, लेखा, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनुपर्नेछ ।चार्टर्ड एकाउन्टेन्सी वा व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, वाणिज्यशास्त्र, तथ्यांकशास्त्र, लेखाशास्त्र, गणित, व्यापार प्रशासन वा कानुन विषयमा स्नातक उपाधि हासिल गरी कम्तीमा १० वर्ष अनुभव भएको व्यक्ति सीईओका लागि योग्य हुने व्यवस्था राष्ट्र बैंकले गरेको छ । यस्तै डेपुटी सीईओ र केही उच्च व्यवस्थापकका लागि पनि कुलिङ पिरियडको व्यवस्था गर्ने कि भन्ने सम्बन्धमा पनि राष्ट्र बैंकले तयारी थालेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्