×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ओरिएण्टल इन्स्योरेन्सले गर्यो प्रगति, खुद नाफा ८१.६८% ले वृद्धि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ओरिएण्टल इन्स्योरेन्सले गर्यो प्रगति, खुद नाफा ८१.६८% ले वृद्धि

२७ मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – ओरिएण्टल इन्स्योरेन्स कम्पनी लि.ले आर्थिक वर्ष २०७५/७६ को प्रथम त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको छ । सार्बजनिक भएको विवरण अनुसार कम्पनीको खुद नाफा ८१.६८% ले बढेर १ करोड ६६ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष कम्पनीको यहि अवधिको खुद नाफा ९१ लाख रुपैयाँ मात्र कमाएको थियो ।
ओरिएण्टल इन्स्योरेन्सले जगेडाकोषमा १ करोड २१ लाख रुपैयाँ नेगेटिभमा र जीवन बीमाकोषमा ५१ करोड ४ लाख रुपैयाँ राखेको छ । आम्दानीमा १२५ प्रतिशतले बढेर २ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने खर्च २३३ दशमलव ३३ प्रतिशतले बढेर १ करोड ६ लाख पुगेको छ । कम्पनीको खुद बीमा शुल्क २३ करोड ८९ लाख रुपैयाँ आर्जन गरेको छ भने खुद दाबी भुक्तानी ११ करोड २३ लाख रुपैयाँ गरेको छ ।
यहि अवधिमा कम्पनिले २९ करोड ८० लाख कुल बीमा शुल्क आर्जन गरेको छ भने ११ करोड ५० लाख रुपैयाँ कुल दाबी भुक्तानी गरेको छ । जसको बीमालेख संख्या ५ हजार २ सय ५६ वटा र दाबी भुक्तानी संख्या ३ सय ४१ वटा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी