काठमाडौं – काबेली विकास बैंकको ३५% बोनस सेयरमा मूल्य समायोजन भएको छ । बैंकको ३५% बोनस सेयरपछि समायोजित मूल्य २४० रुपैयाँ ७४ पैसा कायम भएको छ । आइतबार काबेलीको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । काबेलीको औसत आधार मूल्य ३६१ रुपैयाँ ८७ पैसा रहेको छ ।
यस्तै, आरएसडीसी लघुवित्त वित्तीय संस्थाको १०% बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । कम्पनीको १०% बोनस सेयरपछि समायोजित मूल्य ३९८ रुपैयाँ १८ पैसा कायम भएको छ । यसको औसत आधार मूल्य ५८९ रुपैयाँ ७८ पैसा रहेको छ ।
यसैगरी, एनएमबि माइक्रोफाइनान्स वित्तीय संस्थाको १५% बोनस सेयरपछि समायोजित मूल्य ११ सय ६१ रुपैयाँ ७५ पैसा कायम भएको छ । आइतबार एनएमबिको सेयर कारोबार यही मूल्यलाई आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य १३ सय ९ रुपैयाँ ३७ पैसा रहेको छ ।
यता, सिर्जना फाइनान्सको १५% बोनस सेयरमा पनि मूल्य समायोजन भएको छ । १५% बोनस सेयरपछि कम्पनीको समायोजित मूल्य २३२ रुपैयाँ १७ पैसा कायम भएको छ । यसको आधार मूल्य २८० रुपैयाँ ९ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्