×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

प्राइम लाइफ इन्स्योरेन्स प्रकरण : ३ कर्मचारी जेल चलान, कम्पनीका सीइओ र सञ्चालक पनि अनुसन्धानको घेरामा !

  • रेखा चन्द/अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – नक्कली बीमा गराई ठगी गरेको आरोपमा पक्राउ परेका ६ जना जेल चलान भएका छन् । पक्राउ परेका ६ जना मध्ये ३ जनालाई पुर्पक्षका लागि कारागार चलान भएको  छ भने  बाँकी ३ जनामध्ये १ जना धरौटी तिरेर निस्किएका छन् । प्राइम लाइफ इन्स्योरेन्समा कार्यरत प्रकाश रेग्मीसहितका व्यक्तिले हालसम्म विभिन्न ५७४ को नक्कली बीमा लेख जारी गरी ठगी गरेको आरोपमा उनीहरु विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा परेको थियो ।

दुई जना धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् ।  जिल्ला अदालत काठमाडौँले लामालाई रु दुई लाख र ध्रुव रेग्मीलाई रु दुई लाख ५० हजार धरौटी माग गरेको थियो । केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले दिएको जानकारी अनुसार उनीहरुले वैदेशिक रोजगारमा जाने व्यक्तिहरुको नक्कली बीमा गराई ठगीरहेको खुलेपको थियो । 

पुर्पक्षका लागि कारागार चलान भएकामध्ये स्याङ्जाका प्रकाश रेग्मी, भक्तपुरका सुदीप खड्का र ललितपुरका सञ्जय केसी हुन्। उदयपुरका भोला पोखरेल रु दुई लाख धरौटी तिरेर छुटेका छन् भने काभ्रे घर भई हाल काठमाडौँ चाबहिल बस्ने सिंहबहादुर लामा र स्याङ्जाका ध्रुव रेग्मीे धरौटी तिर्न नसकेपछि कारागार चलान भएका छन् । लामाबाहेक अरु ५ जना प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारी हुन् ।लामा भने वल्डवेज मेनपावर इन्स्योरेन्सका श्रम प्रतिनिधि हुन् । उनीहरु नक्कली बीमालेख बनाएको अभियोगमा पक्राउ परेको खबर अर्थ सरोकार डटकमले पहिलो पटक ब्रेक गरेको थियो । 

यसैबीच कम्पनीका सीइओ र केहि संचालक पनि अनुसन्धानको घेरामा परेको बुझिएको छ । पक्राउ परेकाहरुले कम्पनीले भने अनुसार नै काम गरेको भन्ने बयान दिएपछि सीआइबीले उनीहरुसँग पनि बयान लिएको बुझिएको छ ।  

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: