
काठमाडौँ- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ७७ प्रतिशत निजी आवास निर्माण गरिएको जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरी ७७ प्रतिशत निजी आवास पुनर्निर्माण कार्य भएको जानकारी गरायेका हुन् । जस अनुसार पुनर्निर्माणका लागि सम्झौता गरिएका ७ लाख ४२ हजार १ सय ३५ मध्ये ३ लाख ३७ हजार ३ सय १९ वटा निजी आवास पुनर्निर्माण काम सम्पन्न भएको र २ लाख ३३ हजार ३ सय ४३ वटा घर निर्माणको चरणमा रहेको बताइएको छ । ३२ प्रतिशत बाँकि निजी आवास चालू आर्थिक वर्ष भित्र निर्माण सम्पन्न गरिसक्ने प्राधिकरणको लक्ष्य छ । पुनर्निर्माणको काम सन्तोषजनक ढंगले अघि बढिरहेको पनि प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले दावी गरे ।
प्राधिकरणले सम्पदाहरुसहितको सबै पुनर्निर्माणको काम २०७७ साल कार्तिक महिना भित्र सम्पन्न गर्ने योजना पनि सार्वजनिक गरेको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले २०७७ साल पुस भित्र सबै पुनर्निर्माण कार्य सम्पन्न गर्ने जिम्मेवारी आफूहरुको रहेको उल्लेख गर्दै त्यसभन्दा दुई महिना अघि कार्तिकमै पुनर्निर्माणका सबै कार्य सम्पन्न गर्ने योजना रहेको बताए । प्राधिकरणले एकीकृत बस्ती विकास, जोखिमयुक्त बस्ती स्थानान्तरणको काम पनि आगामी आर्थिक वर्ष भित्र सम्पन्न गर्ने जनाएको छ ।
प्राधिकरणले हालसम्म ८० प्रतिशत शैक्षिक संस्था, ६६ प्रतिशत स्वास्थ्य संस्था, ९५ प्रतिशत सरकारी भवन पुनर्निर्माण गरिएको पनि जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्