
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- मुद्रा तथा पूँजीबजारको समस्या अध्ययन गर्न गठित उच्चस्तरीय अध्ययन समितिले आफ्नो प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको छ । प्रतिबेदन बुझाएर फर्केकी नेपाल पूँजीबजार लगानीकर्ता संघकि अध्यक्ष राधा पोखरेलले अर्थ सरोकारसंग कुराकानी गर्दै आफ्ना मागहरु ९५ प्रतिशत समेटिएको र अव बजारमा उछाल आउने बताएकी छिन् । अध्ययन समितिका संयोजक शिवराज श्रेष्ठले प्रतिवेदन अर्थमन्त्रीलाई बुझाएको उनले जानकारी दिइन् ।
‘हामीले प्रतिवेदनमा समावेश गरेका मागहरुको सही सम्बोधन हुने हो भने पूँजीबजारको कायापलट हुन्छ । हाम्रा मागहरु ९५ प्रतिशत त्यहाँ सामेल गरेका छौं’ अर्थ सरोकारसंग कुराकानी गर्दै उनले भनिन् । उनका अनुसार प्रतिवेदनमा सेयर धितो कर्जाको रिस्क वेट घटाउने, सेयर धितो कर्जाको सीमा बढाउने, मार्जिन लेण्डिंग सम्बन्धी कार्यविधि तयारी गरी कार्यान्वयनमा ल्याउने, अनलाइन कारोबारलाई पूर्ण कार्यान्वयनमा ल्याउने, एफपीओ निश्कासन तथा हकप्रदबाट पूँजी वृद्धि गर्ने परिपाटी निरुत्साहित गर्ने, व्यक्तिगत कर्जाको सीमा बढाउने, संस्थागत लगानीकर्तालाई कर छुट, डिवेञ्चर र बण्ड मार्केट बिस्तार, न्यून क्रेडिट रेटिङका कम्पनीलाई आइपीओ निश्कासनमा रोक लगायतका विषय समेटिएको छ ।
मुद्रा तथा पूँजीबजारको समस्याको अध्ययन गर्न भन्दै डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा अघिल्लो साता बनेको अध्ययन समितिमा नेपाल बैंकर्स संघ, धितोपत्र बोर्ड, नेपाल इन्भेष्टर्स फोरम र पूँजीबजार लगानीकर्ता संघका प्रतिनिधि सहभागी थिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्