Skip to content
LAXMI SUNRISE BANK

१०% बोनसमा मूल्य समायोजनपछि आरएमडीसी लघुवित्तको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : आरएमडीसी लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : १०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५३६ रुपैयाँ ३६ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ५७४ रुपैयाँ ७८ पैसा
विशेष साधारण सभा : पुस २० गते
विवरण :
आरएमडीसी लघुवित्त वित्तीय संस्थाको १०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५३६ रुपैयाँ ३६ पैसा कायम गरिएको छ । बुधबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ५७४ रुपैयाँ ७८ पैसा छ ।
साधारण सभाका प्रस्ताव : 
१०% बोनस सेयर र १०% नगद लाभांश दिने,
जारी तथा चुक्ता पुँजी वृद्धिका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने ।
संस्थापक सेयरधनीको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
युनाइटेड वल्र्ड ट्रेड सेन्टर, त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७२ करोड ६७ लाख २६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी ७९ करोड ९३ लाख ९८ हजार ६०० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ७ करोड ९ लाख ७१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५१ पैसा
प्रतिसेयर नेटवर्थ : २६९ रुपैयाँ ८५ पैसा ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK