काठमाडौं – सहारा विकास बैंकले लिलामी सेयर नपरेका लगानीकर्तालाई पैसा फिर्ता दिन थालेको छ । बुधबार (मंसिर २६ गते) देखि लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाकै खातामा फिर्ता गर्न थालिएको बैंकले उल्लेख गरेको छ ।
नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आवद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइएको हो । आवेदन फारममा बैंक तथा वित्तीय संस्थाको खाता नम्बर उल्लेख नगरेका लगाीकर्ताले चेकमार्फत रकम फिर्ता लिन सक्नेछन् ।
सहाराले गत कात्तिक १८ गतेदेखि मंसिर ५ गतेसम्म संस्थापक समूहको ९ लाख २८ हजार २४८.७० कित्ता र सर्वसाधारण समूहको १ लाख १६ हजार ७.३० कित्ता सेयर लिलामीमा ल्याएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्