×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : मेगा क्यापिटलले ‘हेपाहा’ भ्याकेन्सी सच्यायो, ग्लोबल र एभेरेष्टले पनि केहि सिक्ने कि ?

PRIME CA
GLOBAL IME BANK

अर्थ सरोकार समाचार प्रभाव : मेगा क्यापिटलले ‘हेपाहा’ भ्याकेन्सी सच्यायो, ग्लोबल र एभेरेष्टले पनि केहि सिक्ने कि ?

६ पुष २०७५, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- चार्टड एकाउन्टेन्टलाई हेप्ने आशयसहित मेगा क्यापिटल मार्केट्स लिमिटेडले सिएहरुलाई एशिष्टेन्ट तहमा मागेको खबर अर्थ सरोकार डटकमले खुलासा गरेपछि अन्तत: मेगा क्यापिटल मार्केट्सले उक्त भ्याकेन्सी सच्याएको छ । नेपालमा सिएको स्कोप घटीरहेको चर्चा चलिरहेका बेला मेगा बैंक लिमिटेडको ‘विंङ’ मेगा क्यापिटल मार्केट्सले सिए पास नभएका सेमी क्वालिफाईड र पास भएका सिएहरुका लागि उही भ्याकेन्सी निकालेको थियो । शुक्रबार द हिमालयन टाइम्स पत्रिकामा सूचना निकाल्दै कम्पनीले उक्त पदमा सिए नभई सेमी क्वालिफाइड सिए / एसीसीए मागेको भनी आफ्नो पूर्व भ्याकेन्सी नोटिस सच्याएको हो ।  उक्त पदमा आवेदन दिने समयसमेत थप गरिएको ।
अर्थ सरोकारको समाचारपछि मेगा बैंकमा कार्यरत र नेपाल चार्टड एकाउन्टेन्ट्स संघमा कार्यकारी समितिको सदस्यसमेत रहेका, धेरै सिएहरुका विश्वास पात्र मानिएका सन्दीप बाबु पौडेलको विशेष पहलमा यो भ्याकेन्सी सच्चिएको हो । यस्तै हेपाहा प्रवृतिका भ्याकेन्सी निकाल्ने ग्लोबल आइएमइ र एभेरेष्ट बैंकले भने भ्याकेन्सी सच्याएका छैनन् ।
यस्तो थियो अर्थ सरोकारले प्रकाशन गरेको समाचार :

यस्तो पनि दिन आयो… ! मेगाको एसिष्टेन्ट तहमा क्वालिफाईड सिए र सेमी-क्वालिफाईडलाई एउटै भ्याकेन्सी !

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: