×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अर्थ सरोकार समाचार प्रभाव : आइएमइ जनरल इन्स्योरेन्स लगायतका कम्पनीको चेत खुल्यो, सच्याइयो ‘ब्लन्डर’ !

PRIME CA

अर्थ सरोकार समाचार प्रभाव : आइएमइ जनरल इन्स्योरेन्स लगायतका कम्पनीको चेत खुल्यो, सच्याइयो ‘ब्लन्डर’ !

२० मंसिर २०७५, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ – विभिन्न इन्स्योरेन्स कम्पनीले नेपालमा कानुनमै नभएको ‘बैंकास्योरेन्स’ सेवा प्रदान गरेको अफवा फैलाएको बारे अर्थ सरोकार डटकमले एक्सक्लुसिभ समाचार प्रकाशन गरेपछि आइएमइ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो प्रेस बिज्ञप्तिमा उक्त गल्ती सच्याएको छ । बीमा कम्पनीको सीइओलाई समेत बैंकास्योरेन्स भनेको के हो भन्ने तथ्य राम्रोसँग थाहा नभएको स्थितिबारे समाचार प्रकाशन भएपछि यस विषयमा थप सोधपुछ गर्दै कम्पनीले उक्त गल्ती सच्याएको छ ।
यसो त आइएमइ जनरल इन्स्योरेन्स कम्पनीमात्र होइन, थुप्रै बीमा कम्पनीहरुले आफ्नो यो गल्ती सच्याएका छन् । प्राय जसो बैंक र बीमा कम्पनीका प्रेस रिलिजमा यस अघि बैंकास्योरेन्स भनी कु प्रचार हुने ठाउँमा पनि अर्थ सरोकारको समाचारपछि ‘बीमा सम्झौता’ भन्ने शब्द उल्लेख गरेको पाइएको छ । 
हेर्नुहोस् एउटा उदाहरण । आइएमइ जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको कानुन मै नभएको ‘बैंकास्योरेन्स’को हौवा पिटाउँदै प्रकाशित गरेको प्रेस बिज्ञप्ति :    
अर्थ सरोकार डटकमले समाचार प्रकाशन गरेपछि कम्पनीले सह्च्याएको प्रेस बिज्ञप्ति :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: