×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अनलाइन ट्रेडिङको भ्रम छर्दै सानिमा बैंक, सूचना नै नदिइ कमिसन असुली, यस्तो छ भित्री कुरो ! (प्रमाणसहित)

PRIME CA

अनलाइन ट्रेडिङको भ्रम छर्दै सानिमा बैंक, सूचना नै नदिइ कमिसन असुली, यस्तो छ भित्री कुरो ! (प्रमाणसहित)

१६ पुष २०७५, सोमबार

पढ्न लाग्ने समय: < २ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
‘सानिमा बैंकबाट सेयर कारोबार गर्न मिल्छ नि !’ बजारमा चलेको एकाथरी चर्चा हो यो ।
‘कहाँ मिल्नु ? उ ट्रेडिङ मेम्बेर हो र ?’ बजारमा चलेको माथिको चर्चाको प्रतिवाद हो यो ।
‘कहाँ नमिल्नु मेरो भइसक्यो । तर कमिसनचाहिं अलि बढी लिने रहेछ ।’ दोश्रो प्रतिवादको थप स्पष्टीकरण हो यो।आखिर के हो त सत्यता ?

सत्यता भने सानिमा बैंकले सेयरको कारोबार ब्रोकर जसरी गर्दैन । उसले यो लाइसेन्स पनि पाएको छैन । तर उसले के गर्छ भने कुनै एक ब्रोकरको सिष्टमसँग इन्टिग्रेसन गरेर उसले ब्रोकरमार्फत कारोबार गराउँछ । ०.६ प्रतिशत कमिसन ब्रोकरले लिन्छ भने बाँकी ०.४ प्रतिशत कारोबारको कमिसन उसले लिन्छ । सामान्य रुपमा भन्दा उसले पोर्टफोलियो मेनेज गरेको भन्दै ग्राहकलाई अनलाइन ट्रेडिङको भ्रम छरेर हरेक कारोबारमा ग्राहकको रकम लिइरहेको छ, जसको सत्य जानकारीसमेत ग्राहकलाई छैन । 

सानिमा बैंकमा कारोबार गर्नु महँगो !
प्रचलित नियम अनुसार अधिकतम ०.६ प्रतिशतको ब्रोकर कमिसन शुल्क रहेको भएपनि सानिमा बैंकले अनलाइन ट्रेडिङको भ्रम छरेर हरेक ग्राहकको कारोबारमा १ प्रतिशत रकम लिने गरेको पाइएको छ । महिना नै पिच्छे कुनै न कुनै काण्डमा परिरहने बैंकमा यस्तो गैरकानुनी रुपमा रकम असुली गरिएको पाइएको हो । उसले सिष्टमले कसरी काम गर्छ भन्ने जानकारी दिनुको सट्टा ब्रोकरलाई पोसेर ग्राहकको तथ्यांकसँग खेल्ने गरेको पाइएको छ । अझ अचम्मको कुरा त के छ भने यसले सानिमा बैंक कारोबारको जिम्मा पनि आफ्नो नहुने र ग्राहकको डाटा पनि आफुसँग हुने भएपछी इनसाइडर ट्रेडीङको खतरासमेत जन्मिएको छ । न नेप्सेले बैंकलाई कारोबारको विषयलाई लिएर कारवाही गर्न पाउँछ, न केहि । यो त छाडा छोडेको साँढे जसरी ग्राहकको पैसामाथि सिधै धावा बोलेको छ सानिमा बैंकले । यसअघि विद्यालय भवनमा बैंकको साखा खोलेको, खाताबाट नै ग्राहकको रकम गायब भएको र किर्ते काममा बैंकका कर्मचारीको संलग्नता रहेको काण्ड सेलाउन नपाउंदै बैंकको यस्तो काण्ड बाहिर आएको हो ।
उदाहरणका लागि तलको कारोबारको विवरण हेर्नुहोस् । यसमा सानिमा बैंकको सिष्टमबाट सेयर कारोबार गर्न मिलेको छ । तर यो अनलाइन ट्रेडिङ होइन । सानिमा बैंकले ग्राहकले पठाएको अर्डर ब्रोकरकहाँ पठाउँछ । र यति मात्र गरे वापत कारोबारकै ०.४ प्रतिशत रकम खान्छ । तर ग्राहकहरु सानिमा बैंकबाट सेयर कारोबार हुने गरेको भ्रममा छन् । तर सानिमाको यो सिष्टममाथि न कसैको निगरानी छ, न कसैले नियमन नै गर्छ । सानिमा बैंकले त उल्टै कसले कति कारोबार गर्यो भन्ने जानकारीको दुरुपयोग गर्न सक्ने देखिएको छ ।

नेप्से भन्छ, ‘सानिमाले अनलाइन ट्रेडिङको लाइसेन्स पाएको छैन’
यस विषयमा बुझ्न हामीले नेप्सेका प्रवक्ता मुरारी पराजुलीलाई सम्पर्क गरेका थियौं । उनले पनि सानिमा बैंकले अनलाइन ट्रेडिङ नभई एक ब्रोकरसँग सम्झौता गरेर ग्राहकको अर्डर लिने र त्यता पठाउने र यहि काम सिष्टमले गरेवापत ग्राहकको ०.४ प्रतिशत कमिसन खाने गरेको स्पष्ट पारे । ‘सानिमा बैंकले ट्रेडिङ मेम्बर लिएको छैन । त्यसैले उसले सेयर कारोबार गर्न पाउने कुरा नै भएन । उसले ब्रोकरको लाइसेन्स नपाएकाले उसले कमिसन लिन पाउने त कुरै भएन । तर उसले सेवा शुल्क भनेर रकम लिएको बयान हामीलाई दिएको छ । कारोबारमा नै सेवा शुल्क लिइएको भने साँचो हो ।’ यस विषयमा हामीले बैंकमा समेत सम्पर्क गर्न खोज्यौं । तर बैंकका कोहि पनि यस विषयमा बोल्न तयार नै भएनन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: