काठमाडौँ – सानिमा बैैंकको खराब कर्जा अविश्वसनीय रहेको आशंका गरिएको छ । गैरआवासीय नेपालीद्वारा प्रवर्द्धित सानिमाले हरेक त्रैमासिकमा न्यूनमात्रामा खराब कर्जा देखाउने गरेको छ । सन् २००४ देखि राष्ट्रियस्तरको विकास बैंककोरुपमा सञ्चालनमा आएको बैंकले सन् २०१२ देखि वाणिज्य बैंकको रुपमा कारोबार सञ्चालन गर्दै आएको हो । अहिले बैंक सञ्चालनमा आएको १२ वर्षभन्दा बढी समय भइसकेको छ । यदि पुरानो संस्थामा खराब कर्जाको अनुपात कसरी सधैँ एक प्रतिशतभन्दा तल देखिन्छ, स्रोतले भनेको छ । सानिमा बैैंकको आर्थिक वर्ष २०७३/०७४ वित्तीय विवरणलाई हेर्ने हो भने बैंकले उक्त आवमा ५७ अर्ब ७५ करोड ४० लाख ५४ हजार रुपैयाँ निक्षेप संकलन गरी ५१ अर्ब २६ करोड ५४ लाख ९४ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । यसबाट बैंकले एक अर्ब ३२ करोड ९३ लाख ८१ हजार रुपैयाँ खुद मुनाफा गरेको थियो ।
सम्भावित जोखिम व्यवस्थापन शीर्षकमा १३ करोड २० लाख ४३ हजार रुपैयाँ छुुट्याएको थियो । यति हुँदा पनि उक्त आवमा शून्य दशमलव शून्य एक प्रतिशत मात्र कर्जा खराब देखिएको थियो । आर्थिक वर्ष २०७४/०७५ मा पनि सानिमामा खराब कर्जाको अनुपात शून्य दशमलव शून्य तीन प्रतिशत मात्र देखिएको थियो । उक्त आवमा बैंकले ७९ अर्ब १८ करोड ३३ लाख ४७ हजार रुपैयाँ निक्षेप संकलन गरी ६८ अर्ब ६६ करोड ३६ लाख ९२ हजार रुपैयाँ कर्जा प्रवाह गर्दा एक अर्ब ६९ करोड ३६ लाख ६३ हजार रुपैयाँ खुुद मुनाफा आर्जन गरेको थियो भने निष्क्रिय कर्जाको अनुपात २४ करोड ६८ लाख १२ हजार रुपैयाँ रहेको थियो । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिको अपरिष्कृत वित्तीय विवरणमा पनि सानिमामा खराब कर्जाको अनुुपात अन्य बैंक तथा फाइनान्स कम्पनीहरुको तुुलनामा निकै कम देखिएको छ । बैंकमा निष्क्रिय कर्जाको अनुुपात शून्य दशमलव शून्य आठ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकमा शून्य दशमलव १४ प्रतिशत खराब कर्जा रहेको सानिमामा चालू आवको पहिलो त्रैमासिकमा शून्य दशमलव शून्य आठ प्रतिशत कर्जा मात्र खराब देखिएको छ ।
यस अवधिमा बैंकले ५२ करोड ७५ लाख ४५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले ३७ करोड ५० लाख २२ हजार रुपैयाँ कर्जा प्रवाह गरेको थियो । चुक्ता पुँजी आठ अर्ब १२ लाख ५५ हजार रुपैयाँ रहेको बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा ८४ अर्ब १५ करोड ३१ लाख ९६ हजार रुपैयाँ निक्षेप संकलन गरी ७५ अर्ब आठ करोड ३८ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ । सो अवधिमा ९८ करोड २६ लाख १८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । बैैंकले प्रवाह गरेको कर्जा रकम, सम्भावित जोखिम व्यवस्थापनको लागि छुुट्याएको रकम र राइट ब्याकबाट प्राप्त गरेको रकम समेतलाई आधार मान्ने हो भने पनि सानिमा बैंकको खराब कर्जाको अनुुपातलाई विश्वास गर्न गाह्रो हुन्छ, स्रोतले भनेको छ । त्यसमाथि पनि हरेक वर्ष, हरेक त्रैमासिकमा सानिमा खराब कर्जा एक प्रतिशतभन्दा पनि न्यून देखिनु शंकास्पद रहेको स्रोतले भनेको छ । – आर्थिक दैनिकबाट
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्