×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सानिमा लाइफले ल्यायो ‘सानीमा जीवनश्री’ बीमा योजना, प्रतिहजार ७० रूपैयाँ बोनस ग्यारेन्टी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सानिमा लाइफले ल्यायो ‘सानीमा जीवनश्री’ बीमा योजना, प्रतिहजार ७० रूपैयाँ बोनस ग्यारेन्टी

Artha Sarokar

२४ मंसिर २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले प्रतिहजार ७० रुपैयाँ बोनसको निश्चिततासहित नयाँ जीवन बीमालेख योजनाको घोषणा गरेको छ । इन्स्योरेन्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा घोषणा गरेको उक्त योजनामा इन्स्योरेन्सले नोक्सानको अवस्थामा समेत प्रतिहजार बीमाङ्कमा रु ७० बोनस प्रदान गर्ने घोषणा गरेको हो ।
‘सानिमा जीवनश्री’ नाम दिइएको उक्त योजनाको अवधि १० वर्ष, १५ वर्ष, २० वर्ष र २५ वर्ष तोकिएको छ । उक्त योजनाको बीमालेख खरिद गर्दा १० बर्षको बीमालेखका लागि ६ वर्ष मात्र भुक्तानी गर्नुपर्नेछ । त्यस्तै, १५ वर्षको बीमालेखका लागि १० वर्ष, २० बर्षे बीमालेखका लागि १५ वर्ष र २५ वर्षे बीमालेखका लागि १८ वर्षमात्र प्रिमियम भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको सानिमा लाइफले जनाएको छ । तर बीमितले बोनस भने बीमा अवधि बराबरकै प्राप्त गर्नेछन् ।
नयाँ बीमा योजना घोषणा समारोहमा इन्स्योरेन्सका अध्यक्ष कुमारप्रसाद कोइरालाले सानिमा ग्रुप र सानिमा लाइफ इन्स्योरेन्सप्रति जनताको शुभेक्षा र अपेक्षा रहेको भन्दै ती अपेक्षाहरु पूरा गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।
वि.सं. २०६४ सालमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएको सानिमा लाइफ इन्स्योरेन्स कम्पनी गैर आवासीय नेपालीहरुद्धारा प्रवद्धित संस्था हो । २०७४ साल कात्तिकमा बीमा समितिबाट कारोबार सञ्चालन इजाजत प्राप्त गरेपछि इन्स्योरेन्सले सोही वर्षको मंसिर २२ गतेदेखि कारोबार सञ्चालन शुरु गरेको थियो ।
इन्स्योरेन्सले २०७५ मंसिर २२ गतेसम्म कुल ७ हजार ३ सय ३२ मार्फत् २७० करोड बीमाङ्क बराबरको बीमालेख बिक्री गरी १९ करोड रुपैंया प्रिमियम संकलन गरेको छ ।
सानिमाले हालसम्म ८ ओटा बीमा योजनाहरु जारी गरेको छ भने देशभरमा कुल २५ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । इन्स्योरेन्सको अधिकृत पुँजी ३ अर्ब, जारी पुँजी २ अर्ब र चुक्ता पुँजी १ अर्ब ४० करोड रूपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी