काठमाडौँ – आशुतोष ब्रोकेज एण्ड सेक्युरिटिज अर्थात सेयर कारोबार गर्ने ब्रोकर नं. ८ कर्जा सूचना केन्द्रको कालोसूचिमा परेको छ । साथै, कम्पनीको सदस्यता निलम्बन भएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार (पुस १० गते) एक विज्ञप्ति जारी गर्दै उक्त ब्रोकर कम्पनी र त्यसका संचालक कर्जा सूचना केन्द्रको कालोसूचिमा समावेश देखिएको भन्दै लाइसेन्स रोक गरेको छ । ब्रोकरले अर्को व्यवस्था नभएसम्म धितोपत्रको कारोबार गर्न पाउनेछैन । उक्त कम्पनीबाट हुने कारोबार राफसाफ तथा फछ्र्यौट लगायतका अन्य आर्थिक कारोबार पनि हालका लागि नेप्सेसँग समन्वय गरेर मात्र गर्न नेप्सले निर्देशन दिएको छ ।
यस्तै, धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजवार निर्माता) नियमावली २०६४ को नियम १८(छ) मा सञ्चालक वा कार्यकारी प्रमुख अयोग्यता ‘आफू वा आफू सञ्चालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था साहुको ऋण तिर्न नसकि दामासहिमा परेको भए पाँच बर्ष पूरा भएको र ‘छ’ मा आफू वा आफू सञ्चालक वा कार्यकारी प्रमुख रहेको कम्पनी वा संगठित संस्था कर्जा सूचना केन्द्रको कालो सूचीमा रहेको अवधिभर अयोग्य हुने व्यवस्था रहेको छ ।
उपयुक्त नियमावलीको नियम १८ ‘छ’ मा भएको व्यवस्थाको विपरीत काम भए गरेकाले आशुतोष सेक्यूरिटिजलाई माथि उल्लेखित विनियमावलीको विनियम ७ को २ (ख) बमोजिम अर्को निर्णय नभएसम्मका लागि सदस्याता निलम्बन गरी धितोपत्र कारोबार गर्नबाट रोक लगाइएको छ । नेप्सेले कम्पनीलाई कर्जा सूचना केन्द्रले पुस ८ गते कालो सूचीमा राखेको थियो । कम्पनीलाई नेप्सेले त्यसरी कर्जा सूचना केन्द्रको कालोसूचिमा पर्नका कारण तथा तथ्य खुलाई ७ कार्यदिन भित्रमा पेश गर्न निर्देशन दिएको विज्ञप्ति उल्लेख छ ।
बैंकबाट लिएको कर्जा तोकिएको समयमा भुक्तानी नगर्ने तथा लामो समयसम्म सो कर्जा नतिरेमा कुनै पनि व्यक्ति तथा कम्पनी (संस्था)लाई सम्बन्धित बैंकहरुको उजुरीपछि कर्जा सूचना केन्द्रले कालोसूचिमा राख्ने गर्छ । धितोपत्र व्यवसायी नियमावली २०६४ को दफा १८ का आधारमा आशुतोष ब्रोकेज एण्ड सेक्यूरिटिज कम्पनीको शेयर ब्रोकर सदस्यता निलम्बन गरी धितोपत्रको कारोबार गर्नबाट रोक लगाउनु परेको नेप्सेले जारी गरेको उक्त विज्ञप्तिमा रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्