काठमाडौं : आइपीओमा लगानी गर्न मन हुनेहरुका लागि पढ्नै पर्ने खबर छ । शिव श्री हाइड्रोपावर कम्पनीले साधारण सेयर (आइपीओ) जारी गर्ने भएको छ । कम्पनीले १४ लाख ७६ हजार ४०० कित्ता आइपीओ बिक्री गर्न अनुमति पाएको छ । धितोपत्र बोर्डले आयोजना प्रभावित स्थानीय बासिन्दालाई आइपीओ बिक्री गर्न कम्पनीलाई अनुमति दिएको हो । यसमा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्नेछ ।
शिव श्रीले सिन्धुपाल्चोक जिल्लामा २२.२ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यो आइपीओमा सोही क्षेत्रका स्थानीयले आवेदन दिन सक्नेछन् । कम्पनीले अहिलेसम्म यो आयोजनाको ८५% भन्दा बढी काम सकिसकेको कम्पनीले जनाएको छ ।
शिव श्री हाइड्रोपावर कम्पनी सन् २००६ मा स्थापना भएको हो । सुरुमा निजी कम्पनीको रुपमा रहे पनि शिव श्री सन् २०१६ को डिसेम्बरमा पब्लिकमा रुपान्तरण भएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्