Skip to content
LAXMI SUNRISE BANK

सिद्धार्थ बैंकले एक अर्वको राजश्व मुद्धा हार्यो, बैंकका अगाडी अव मात्र २ विकल्प, ‘कि सर्वोच्च जाने कि कर तिर्ने’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- करिव १ अर्वको राजश्व मुद्धा सिद्धार्थ बैंकले हारेको छ । बैंकलाई लगाइएको कर बढी भएको भन्दै बैंकले ठूला करदाता कार्यालय ललितपुरविरुद्ध दायर गरेको गरेको थियो । बैंकले आर्थिक वर्ष २०६७-०६८ र २०६८-०६९ को आयकर बढी लगाइएको दाबी गर्दै राजस्व न्यायाधीकरणमा मुद्दा दायर गरेको थियो । तर बैंकले अन्तत मुद्धा हारेको छ । बैंकले कुल ९६ करोड ४४ लाख ८५ हजार ४० रुपैयाँ कर बढी लगाएको भन्दै मुद्धा दायर गरेकोमा अन्तत राजश्व न्यायाधिकरणले ठुला करदाता कार्यालयका पक्षमा मुद्धा फैसला गरेपछि अन्तत सिद्धार्थ बैंक जिल्ल परेको हो । न्यायाधीकरणको फैसलापछि बैंकसमक्ष अब सर्वोच्च जाने वा कर तिर्नेमध्ये एक विकल्पमात्र बाँकी छ ।
२०७४ साल साउन ११ गते राजस्व न्यायाधीकरणमा दर्ता भएको उक्त मुद्धा गरेको थियो । त्यतिमात्र होइन आर्थिक वर्ष २०६८-०६९ सालमा पनि कार्यालयले करिव ५० करोड कर बढी लगाएको भन्दै बैंकले मुद्धा दायर गरेको थियो । तर राजस्व न्यायाधीकरणले २०७५ साल असार १० गते ठूला करदाता कार्यालय ललितपुरले निर्धारण गरेको राजस्व मिलेकै ठहर गरेपछी अव बैंकले बाँकी सबै कर भुक्तानी गर्नुपर्ने भएको छ । न्यायाधीकरणका तत्कालीन अध्यक्ष तिलप्रसाद श्रेष्ठ र लेखासदस्य डम्बरबहादुर कार्कीको इजलासले यस्तो फैसला गरेको हो ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK