×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिद्धार्थ बैंकको २ अर्ब २५ करोडको ऋणपत्र बिक्री खुल्ला, कहाँ जाने भर्न ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिद्धार्थ बैंकको २ अर्ब २५ करोडको ऋणपत्र बिक्री खुल्ला, कहाँ जाने भर्न ?

Artha Sarokar

२३ मंसिर २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

डिबेन्चर नोटिस :
कम्पनी : सिद्धार्थ बैंक
खुला भएको मिति : आज (आइतबार, मंसिर २३ गते)
कित्ता : २२ लाख ५० हजार कित्ता (४ लाख ५० हजार कित्तामा सर्वसाधारणले, २२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) )
ब्याजदर : १०.५%
भर्न पाइने अन्तिम मिति : मंसिर २६ गते
 विवरण : 
सिद्धार्थ बैंकले २ अर्ब २५ करोड बराबरको २२ लाख ५० हजार कित्ता ऋणपत्र आजदेखि बिक्री खुला भएको छ । १०.५% ब्याजदर हुने यस ऋणपत्रको अवधि ७ वर्ष हुनेछ । ‘१०.५% सिद्धार्थ डिबेन्चर–२०८२’ मा ऋणपत्र जारी गर्न लागिएको हो । 
कुल २२ लाख ५० हजार कित्तामध्ये ४ लाख ५० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी १७ लाख ७७ हजार ५०० कित्ता व्यक्तिगत (कम्पनी तथा संस्थालाई) बिक्री गरिनेछ । 
सर्वसाधारणले न्यूनतम २५ कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन पाउनेछन् । यस ऋणपत्रमा मंसिर २६ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा नबिकेमा पुस २३ गतेसम्म म्याद थप हुनेछ ।
आवेदन दिने ठाउँ 
एनआइबीएल एस क्यापिटल, काठमाडौं ।
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी