
- अर्थ सरोकार सम्बाददाता
यसअघि अर्थ सरोकार डटकमले इन्द्रेणी फुडल्याण्डको मेनु गैरकानुनी रहेको खबर सार्वजनिक गरेपछि अहिले इन्द्रेणी फुडल्याण्डमा रहेको ‘काल्दी क्याफे’को मेनु पनि परिवर्तन भएको छ । अर्थ सरोकार डटकमले ‘अप्रेशन खानाबार’ स्तम्भ अन्तर्गत उपत्यकाका विभिन्न रेष्टुरेन्टहरुको ‘मिडिया अनुगमन’ गरिरहेको छ । यहि सिलसिलामा सिद्धार्थ कटेजमा भेटिएको त्रुटीबारे अर्थ सरोकारले खबर सार्वजनिक गरिएको थियो ।
यो पनि पढ्नुहोस् :
अर्थ सरोकारको समाचारपछी सुध्रीदै रेष्टुरेन्टहरु, तर नियम मिच्नेलाई भएन कार्वाही !
यसो त भ्याट नियमावली अनुसार भ्याट बाहेकको मूल्य तोकेर मेनु राख्न नपाइने नियम रहेको र काठमाडौँका विभिन्न रेष्टुरेन्टहरुले ‘गैरकानुनी’ रुपमा मेनु बनाएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि विभिन्न रेष्टुरेन्टहरुले मेनु सच्याएका समेत छन् । तर कानुनको खिल्ली उडाएर मनपरी गर्ने त्यस्ता रेस्टुरेन्टहरुलाई सम्बन्धित निकायले कार्वाही भने गर्न सकेको छैन । तर अव सिद्धार्थ कटेजको मेनु भने अव सुध्रीएको छ । हामीले आइतबार पुन: अनुगमनका क्रममा सिद्धार्थ कटेजको मेनु सच्याइएको पाएका हौँ । ‘अहिले त मेनु सच्चिएछ नि !’ भन्ने हाम्रो प्रश्नमा कटेजका एक कर्मचारीले भने, ‘तपाईंले दिनुसम्म दनक दिनुभयो अर्थ सरोकारमा, नसच्याई सुखै भएनन नि !’
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्