
- अर्थ सरोकार संबाददाता
काठमाडौँ – नेपाल राष्ट्र बैंकद्वारा व्यापारी अजेयराज सुमार्गीको ८४ करोड रुपैयाँ फुकुवा भएको छ । राष्ट्र बैंकले स्रोत नखुलेको भनी रोक्का राखिदिएको उनको रकम फुकुवा गरिदिएको हो । अजेयराज सुमार्गीको मुक्तिश्री सिमेन्ट उद्योगमा आएको वैदेशिक लगानी रकम सर्वोच्च अदालतले खोलिदिएको हो। सर्वोच्च अदालतले सरकारका नाममा उक्त रकम नरोक्न भन्दै अन्तरिम आदेश जारी गरेपछि उनको रकम फुकुवा भएको हो ।
सर्वोच्च अदालतका न्यायधीश दीपकराज जोशीको मंगलबारको एकल इजलासले यस्तो अन्तरिम आदेश दिएको हो । ‘सुविधा र सन्तुलन’ को कारण देखाई अदालतले पुस २४ गतेसम्म खाता सञ्चालनमा अवरोध नगर्न भनी अन्तरिम आदेश दिएको हो । सर्वोच्चको यो आदेशसँगै सुमार्गीको करिब ८४ करोड (७.५ मिलियन अमेरिकी डलर) फुकुवा भएको छ ।
‘उद्योगको खातामा रहेको रकम उसको आवश्यकता र समयतालिका बमोजिम माग गरेका बखत भुक्तानी दिनू, दिलाउनु र सोसम्बन्धी खाता सञ्चालनमा अर्को आदेश नभएसम्म कुनै अवरोध नगर्नु नगराउनू’ आदेशमा भनिएको छ ।
यसअघि अदालतको आदेशपछि सुमार्गीले नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकमा रोकिएको करिव दुई करोड १३ लाख अमेरिकी डलर भुक्तानी पाएका थिए।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्