काठमाडौं : सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई निराश बनाउने निर्णय गरेको छ । कारण हो, कम्पनीले गत वर्षको कमाईबाट यसपटक लाभांश वितरण नगर्नु । कम्पनीकोे सोमबार (पुस ९ गते) बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने एजेन्डा नै ल्याएन ।
बैठकले गत वर्षको खुृद नाफा २४ लाख ५३ हजार १५३ रुपैयाँलाई विभिन्न कोषमा बाँडफाँट गर्ने निर्णय गरेको छ । बाँडफाँट पश्चात बाँकी रहेको ११ लाख ८९ हजार ८१९ रुपैयाँ नगद लाभांश वा बोनस सेयरका रुपमा वितरण नगरी सञ्चिति मुनाफामा राख्ने निर्णय गरिएको छ ।
सञ्चालक समितिको यो प्रस्ताव आगामी साधारण सभा र नियामक राष्ट्र बैंकमा पेश गरिने पनि जानकारी दिइएको छ । हाल सपोर्टको चुक्ता पुँजी ६ करोड रुपैयाँ छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्