
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- प्रभु बैंकको डेपुटी सीइओ छाडेका तारा मानन्धरले मुक्तिनाथ बिकास बैंक पनि छोडेका छन् । उनले शुक्रबारदेखि नै कैलाश बिकास बैंकमा जागिरे हुनेगरी मुक्तिनाथ बिकास बैंक छोडेका हुन् ।
कैलाश आउनुको उनको पछाडीको कारण भने बैंकको अवको सीइओ हुने हो । केहि समयपछी अहिलेका सीइओ अमृतचरण श्रेष्ठले बैंक छोड्न लागेकाले उनी डेपुटी सीइओमा आएका हुन् । केहि समय अगाडीदेखि कैलाशले नयाँ सीइओ खोजिरहेको छ । यसअघि मेगाका तत्कालीन थर्डम्यान महेश ढकालसँग कुरा फाइनल भएपनि उनी ग्लोबल आइएमइ बैंकको डेपुटी सीइओ हुन गएपछि बैंकले तारा मानन्धरलाई ‘अप्रोच’ गरेको थियो।
यता प्रभुको डेपुटी छोडेर मुक्तिनाथ हुँदै कैलाश जानुलाई धेरैले करियरमा भएको ओरालो ग्राफको संकेत दिएका छन् । धेरैले यसलाई मानन्धरको ‘इरेसनल डिसिजन’ भनेका छन् । पछिल्लो समय विभिन्न विवादले कैलाश बिकास बैंक चरम लफडामा छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्