काठमाडौं – युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ । गुल्मी धुर्कोट गाउपालिकाका विमित जीप चालक शेर बहादुर थापाको दुर्घटनामा परी २०७५ कात्तीक ६ गते मृत्यु भएको थियो । मृतक श्रीमति कल्पना थापाले बीमा रकम दावी भुक्तानीका लागी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकी थिईन ।
कम्पनीले मृतक विमितकी श्रीमति लाई कम्पनिको नियमानुसार भुक्तान गर्नुपर्ने जम्मा रकम रु. (५,००,०००) पाँच लाख को चेक एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो ।
मृतक विमितकी श्रीमति कल्पना लाई अर्घाखाची जिल्लाका सहायक प्र.जि.अ. विष्णु प्रसाद बेल्बासे, कम्पनिका अर्घाखाची शाखा प्रमुख दिनानाथ गौतम र देउराली यातायात व्यवसायी समीति अध्यक्ष योगेन्द्र ब. खड्काले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् ।
उक्त कार्यक्रममा प्राइम लाइफ इन्स्योरेन्स क.लि. का कार्यालय प्रमुख नारायण घिमिरे, प्रभु बैक लि शाखा प्रमुख मनोहर पौडेल, मेगा बैंक लि का शाखा प्रमुख किरण घिमिरे, जनता बैंक लि शाखा प्रमुख दधिराम बेल्बासे लगाएतका विभिन्न संघ संस्थाका शाखा प्रमुखहरुका साथमा युनाइटेड इन्स्योरेन्स कम्पनिका कर्मचारीहरु सुदन खड्का र सुनिता क्षेत्रीको उपस्थिती रहेको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्