Skip to content
LAXMI SUNRISE BANK

गभर्नरसँग खासखुस गरेपछि अर्थमन्त्रीले भने, 'शुक्रबारसम्म कुर्नुस्, सेयर बजारका समस्या समाधान हुन्छ' (भिडियो)

अर्थ सरोकार

अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा देखिएको समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । सेयर बजार ओरालो लागिरहेका बेला अर्थमन्त्री खतिवडाले सो समस्या छिट्टै समाधान गर्ने प्रतिवद्धता व्यक्त  गरेका हुन् । मंगलबार संघीय संसद अर्थ समितिको बैठकमा उहाँले सेयर बजारमा देखिएको समस्या समाधानका लागि आफूले एक समिति गठन गरेको र त्यसले शुक्रबार प्रतिवेदन बुझाएपछि सरकारले सो समस्या समाधानका लागि आवश्यक कदम चाल्ने योजना पनि सुनाए । अर्थमन्त्री खतिवडाले सेयर बजारलाई व्यवस्थित बनाउन विज्ञहरुसँग परामर्श गरेर सरकारलाई सुझाव दिन पनि समितिलाई आग्रह पनि गरे ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK