काठमाडौं – दुगड ग्रुपद्वारा उत्पादन हुँदै आएको ‘आक्वा हन्ड्रेड’ ब्राण्डको मिनरल वाटर पानीको नक्कली ल्याबटेष्ट (प्रयोगशाला परीक्षण) गरी गुणस्तरीय भएको भन्दै बिक्री गरेको भेटिएको छ । सो कम्पनीबाट उत्पादन भएको अत्यधिक महंगो पानी ‘आक्वा हन्ड्रेड’ नामको पानीमा खुला आँखाले देखिने किरा सिलप्याक बोटलभित्र भेटिएपछि सो कम्पनीमाथि कारबाही गर्नुपरेको उजुरीपछि सञ्जय दुगड भने अझै सम्पर्कविहीन भएर बसेका छन् । सो कम्पनीविरुद्ध उजुरी परेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग बबरमहलले पटक–पटक पत्र पठाई सत्यतथ्य विवरणसहित उपस्थित हुन सञ्जय दुगडलाई निर्देशन दिएका थिए तर सो निर्देशनको बेवास्ता गरी दुगड बसेका छन् । यसै क्रममा पछिल्लोपटक कम्पनीको अख्तियारी लिएर आएको भन्दै सो कम्पनीका प्रमुख प्रशासकीय अधिकृत रवीनकुमार श्रेष्ठ विभागमा उपस्थित भएको विभागले जनाएको छ । अधिकृत श्रेष्ठले विभागमा उपस्थित भई दिएको बयान भने गोप्य राखिएको छ ।
तर श्रेष्ठसँग सम्पर्क गर्दा उनले पानीको बोटलमा कोही कसैले कम्पनीको बदनाम गर्ने उद्देश्यले सो अवैध कार्य गरेको दाबी गरे । उनले भने, ‘तपाईंहरुले पनि पत्रकारिताको धर्मअनुसार काम गर्नुपर्छ, कम्पनीप्रति बायस भएर इतिहास नै बिग्रिने तवरबाट गर्नुभयो ।’ श्रेष्ठसँग सो बोटलभित्र रहेको किरा (साङ्ला) अरु कुनै पनि कम्पनीले गरेको हो भनी सोधेपछि उनले भने, ‘त्यो अरु कसैले गरेको हो, कम्पनीबाट सो किरा परेको हैन ।’ तर उनले लिखित रुपमा अरु कम्पनीबाट सो किरा राखी बजारमा पठाएको हो भनी पठाउन भने चाहनुभएन । सो ग्रुपले उत्पादन गरेको पानीलाई खुद्रा पसलमा खरिद गर्दा सिलप्याक बोटलभित्र अखाद्य वस्तु (किरा) भेटिएको थियो । खुद्रा पसलमा खरिद गरेको सो पानीलाई विभागको जिम्मा लगाएपछि भएको ल्याबटेस्टबाट गुणस्तरहीन भएको प्रमाणित भएको विभागले जनाएको छ ।
सो गुणस्तरहीन भएको पानी बजारमा बिक्रीवितरण भएपछि विभागले आक्वा मिनिरल नेपाल प्राइभेट लिमिटेड एचसि दुगड ग्रुपका मुख्य व्यक्ति सञ्जय दुगडलाई सात दिनभित्र उपस्थित हुन काटिएको पत्र काटेपछि सोको अख्तियारी लिई गत शुक्रबार प्रमुख प्रशासकीय श्रेष्ठ विभागमा उपस्थित भई बयान दिएको विभागले जनाएको छ । सो ग्रुपका सञ्जयलाई विभागले २ वटा पत्र पठाई सात दिनभित्र विभागको कार्यालय बबरमहल उपस्थित हुन दिएको निर्देशन अटेर गरी सम्पर्कविहीन भएर बसेका छन् । कम्पनीले भने दुगड नेपालबाहिर भएको उत्तर विभागलाई दिएको थियो । विभागले पत्र पठाएपछि कम्पनीको तर्फबाट रबिन श्रेष्ठले सो ब्राण्डका पानी गुणस्तरीय भएको भन्दै निजी ल्याबमा लगी टेस्ट गरेको नक्कली रिपोर्ट समेत बुझाएको भेटिएको छ । तर श्रेष्ठले सो रिपोर्ट दिए पनि आक्वा हन्ड्रेडको बोटलभित्र भएको किरा (साङ्ला)का बारेमा भने केही भन्न चाहेनन् । सरकारी निकायबाट अनुसन्धानकै क्रममा रहेको सो कम्पनीको पानी भने विना रोकावट अहिले पनि सिहदरबारदेखि उच्चपदस्थ कर्मचारीको घर अफिसमा वितरण भइरहेको छ । सो ग्रुपले जमिनमुनिको पानीलाई तानेर बोटलमा सिलबन्दी गरी अत्यधिक महंगोमा बिक्री गर्दै आएको छ । सोही क्रममा ठूला घरानिया कम्पनीको नाममा नेपाली बजारमा बिक्री हुँदै आएको ‘आक्वा हन्ड्रेड’ नामको पानी गुणस्तरहीन र बन्द बोटलभित्र साङ्ला भेटिए पनि सो बारे दुगड ग्रुपले कुनै चासो देखाएको छैन ।
एचसि दुगड ग्रुपद्वारा उत्पादन गरेको ‘के ०१८ ब्याच’ नम्बर रहेको पानीमा खुला आँखाले देखिने गरी किरा (साङला) भेटिएको थियो । ‘१४–११–२०१८ मा १४ बजेर ४१ मिनेट’मा प्याक गरिएको बोटलमा साङ्ला भेटिएपछि दुवै विभागबाट कारबाहीका लागि अनुसन्धान जारी रहेको जनाउँदै आएको छ । सो समूहले ‘नेपालको आफ्नो, नेपालमा बनेको’ भन्दै आम उपभोक्ताहरुलाई झूटको व्यापार गर्दै आएको छ । प्रधानमन्त्रीदेखि सर्वसाधारणले समेत प्रयोग गर्दैै आएको सो पानी पछिल्लो पटक गुणस्तरहीन भेटिए पनि सरकारले सुस्तगतिमा छानबिन गरेको आरोप लागेको छ । सो समूहका कर्मचारी चन्द्रमणि घिमिरे भने गैरकानुनी जवाफ दिँदै आएका छन् । प्रशोधित पानीमा किरा भेटिने गरेपछि उपभोक्ताको ज्यानसँग खेलबाड गर्नेमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने उपभोक्तावादीहरुको माग रहेको छ । सरकारी निकायबाट अधिकांश पानीका उद्योगले खानेपानी उत्पादनमा न्यूनतम मापदण्ड समेत पूरा नगरेको भन्दै गत वर्ष पनि सो कम्पनीमाथि कारबाही गरेको विभागको रेकर्डमा उल्लेख छ । दुगडलाई गत २०७२ सालमा कालोबजारी गरेको आरोपमा प्रहरीले पक्राउ गर्न खोज्दा पनि उनी रातारात भारत गई बसेका थिए । (आर्थिक दैनिकबाट)
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्