
- मनोज आत्मीय/अर्थ सरोकार डटकम
काठमाडौँ – ईलाका प्रहरी कार्यालय कोहलपुरले बिशेष सुचनाको आधारमा प्रतिबन्धित बाघको छाला सहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा दैलेख जिल्ला गुँरास गाउँपालिका वडा नम्बर २ बस्ने बर्ष ३६ को कमल बहादुर खत्री र कंचनपुर जिल्ला पुनर्वास नगरपालिका वडा नम्बर ४ बस्ने २० बर्षीय हरि ढकाल रहेका छन् । निजहरुको साथबाट १ थान बाघको छाला र ५६ थान हड्डी सहित पक्राउ गरिएको हो। उनिहरुलाई उक्त सामान बेच्न हिडिरहेको अवस्थामा प्रहरीले कोहलपुर नगरपालिका वडा नम्बर ११ बाट पक्राउ गरेको हो।
ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रमेश बहादुर सिंह का अनुसार यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । साथै कोहलपुर प्रहरीको टोलीले जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं. ८ बस्ने बर्ष ४९ को हरिराम थारुलाई काईनेटिक स्टोन सहित पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरमा सिंह प्रमुख भएर आएदेखि सो क्षेत्रमा चोरी ,गुण्डागर्दीमा कमि आउनुका साथै अपराधमा समेत कमि आएको छ ।


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्