
- अर्थ सरोकार मल्टिमिडिया ब्यूरो
काठमाडौँ- वैदेशिक रोजगार व्यवसायीहरुले मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरेका छन । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेशियामा काम गर्न जाने कामदारहरुले दवाव दिइरहँदा पनि सो सम्बन्धमा सरकारले सुनुवाई नगरेको गुनासो पनि गरेको छ । मंगलबार संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै संघका अध्यक्ष रोहन गुरुङले मलेशियामा कामदार पठाउने अनुमति दिन सरकारसँग माग गरे ।
उनले मलेसियामा जाने कामदारहरुले दवाव दिँदा समेत सरकारले सो ठाउँमा कामदार पठाउने अनुमति नदिएको भन्दै गुनासो पनि गरे । अध्यक्ष गुरुङले सरकारले वैदेशिक रोजगारसम्बन्धि विभेदकारी नीति लिएको भन्दै आपत्ति पनि जनाए । खाडी तथा मलेशिया कामदार पठाउँदा फ्रि टिकट र दक्षिण कोरियामा कामदार पठाउँदा शुल्कसहितको विभेदकारी नीति लिएको उल्लेख गर्दै उनले उक्त नीति तत्काल सच्याउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए।
सरकारले दक्षिण कोरियामा जाने कामदारहरुलाई टिकट शुल्क लिने व्यवस्था गरेको छ । तर, मलेसिया र खाडी मुलुकमा भने फ्रि टिकटको व्यवस्था गरिएको छ । सरकारको सो नीति विभेदकारी भएको भन्दै वैदेशिक रोजगार व्यवसायीहरुको आपत्ति छ । संघका अध्यक्ष गुरुङले सो विभेदकारी नीति तत्काल सच्याउन र वैदेशिक रोजगार व्यवसायीलाई मारमा नपार्न पनि सरकारलाई सचेत गराए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्