×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिए कन्फेरेन्स २०७५को सम्पूर्ण तयारी पूरा, मिडिया पार्टनरमा अर्थ सरोकार डटकम ! (फोटो फिचर / भिडियो)

नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले सिए कन्फेरेन्स २०७५को सम्पूर्ण तयारी पूरा गरेको छ । एक्यानले बिहिबार पत्रकार सम्मेलन गरेर यही माघ ७ गते काठमाण्डौंमा आयोजना हुन लागेको सिए कन्फेरेन्स २०७५ को सम्पूर्ण तयारी सकिएको बताएको हो ।
चार्टड एकाउन्टेन्टहरु राष्ट्रिय समृद्धिका साझेदार भन्ने मूल थीमका साथ संघले एक दिने कन्फेरेन्स आयोजना गर्न लागेको संघका अध्यक्ष चार्टड एकाउन्टेन्ट आनन्द शर्मा वाग्लेले बताएका छन् । कन्फेरेन्सको उद्घाटन अर्थ मन्त्री डा. युवराज खतिवडाले गर्ने कार्यक्रम रहेको छ । सम्मेलनमा महालेखा परिक्षक, नेपाल राष्ट्र बैंकका गर्भनर, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, नीजि क्षत्रको प्रतिनिधि, बैंकर्स एशोसिएसन लगायतका एक दर्जन संस्थाका प्रतिनिधिहरुले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
चाटर्ड एकाउन्टेन्टको योगदान बारे देश र जनतालाई जानकारी गराउँदै आफ्नौ पेशालाई थप मर्या्दित बनाउन सम्मेलन सफल हुने आयोजक नेपाल चाटर्ड एकाउन्टेन्ट्स संघको दावी छ । मुलुकको लेखा प्रणालीमा सहयोग गर्ने चाटर्ड एकाउन्टेन्टहरु विकाश र समृद्धिमा साझेदारको भूमिकामा स्थापित गराउने उद्देश्यले सम्मलेन आयोजना गर्न लागेको संघले बताएको छ । 

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: